सुरज पाैडेल
बागलुङ ,असोज १६
बागलुङ बाट ग्रामीण भेगमा छुट्ने सवारी साधनले मनपरि भाडा लिन थालेकाे गुनासो बढ्न थालेको छ । सदरमुकाम बाट दक्षिणी भेगमा छुट्ने सवारी साधनले मनपरि भाडा लिन थालेका हुन् । बाग्लुङबाट बलेवा , कुश्मीशेरा हुँदै दमेक तथा राङ्खानी जाने सवारीसाधनले तोकिएको भाडादर भन्दा धेरै रकम लिने गरेको यात्रुहरूको गुनासो छ ।
दशैंमा गाउँ फर्किनेहरूको चहलपहल बढे संगै यातायात ब्याबसायीहरूले पनि भाडा दरमा मनपरि गर्न थालेको जैमिनी २ दमेकका अनुप शर्माले बताए । उनका अनुसार बागलुङ बाट दमेकका लागि तोकिएको भाडादर ३६० हुनुपर्नेमा ६ सय सम्म लिने गरेका छन् ।
तोकिएको भाडादर भन्दा धेरै रकम तिर्न बाध्य यात्रुले सहज सेवा नपाउने अर्को समस्या रहेको छ । सिमित सिट क्षमता भन्दा धेरै यात्रु राखेर सवारी चलाउने गरेको भेटिएको छ। जसले दुर्घटनाको जखिम बढाएको छ । कच्ची बाटोमा यात्रा गर्नुपर्दा यात्रुको बिचल्ली तथा समान टुटफुट हुने गरेको छ ।
नयाँ भाडादर अनुसार कुश्मिसेरा देखि बागलुङ बजारसम्मको पीकअप तथा जीपको भाडा २ सय ५० रुपैयाँ छ भने बसको भाडा २ सय रुपैयाँ छ । पीकअप जीपमा कुश्मिसेरा देखि छिस्तीको मर्नास पुग्न ४ सय ९५ रुपैयाँ, नाम्दुक पुग्न २ सय ५५ रुपैयाँ, डाँडाखानी पुग्न २ सय ४० रुपैयाँ भाडा तोकिएको छ ।
यस्तै कुश्मिसेरा देखि पैयुँ सहराते हुँदै व्यरथला पुग्नेहरुका लागि ३ सय रुपैयाँ, कुश्मिसेरा दमेक सुन्तालाचौर हुँदै गाजादह जानको लागि ३ सय ६०, बनहुँ हुँदै गाजादह जान ३ सय ९० कुश्मिसेरा देखि सुम्सा हुँदै धुस पुग्नको लागि २ सय ६४ रुपैयाँ भाडादर तोकिएको छ । भुनिया, ढाव हुँदै व्यार्थला सम्म पुग्नको लागि २ सय ७०, धुस रिठाबोट हुँदै व्यार्थला पुग्न २ सय ७०, न्वार बाँओ हुँदै व्यार्थला पुग्न १ सय ५० रुपैयाँ भाडादर निर्धारण गरिएको छ ।
देसाको चौर देखि ढाव हुँदै चोखेक पुग्न १ सय ५० रुपैयाँ, सुमसा देखि ओख्ले हुँदै कृषि सडक उपल्लो चोखेक पुग्न १ सय ५० रुपैयाँ, निरिङ्गे देखि हेल्थपोष्ट कुँडार हुँदै चोखेक विनामारे पुग्न १ सय ५० रुपैयाँ, कुश्मिसेरा देखि फेदी हुँदै रायडाँडा पुग्न २ सय २५ रुपैयाँ र फेदी देखि भण्डार हुँदै अमलाचौरको बाटो बागलुङ जानको लागि ३ सय ३० रुपैयाँ भाडादर निर्धारण गरिएको छ ।
यो भाडादर पीकअ र जीपको लागि भएको र बसको हकमा सो भाडादरमा केहि सस्तो निर्धारण भएको छ । अहिले तोकिएको भाडादर दशैँ सम्मका लागि मात्रै भएकाले यसपछि बाटोको स्तरोन्नती गरेपछि नयाँ भाडादर कायम हुनेछ । यसअघि बागलुङको जैमिनी नगरपालिकाले भाडादर निर्धारण गरेकोमा व्यवहारिक नभएको गुनासो आएपछि जैमिनी नगरपालिकाको भाडादर निर्धारण समन्वय समितिले भाडा समायोजन गरेको थियो ।


































Discussion about this post