Skip to main content

Nirvik Khabar

पदाधिकारी चयन गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

Advertisements
Single Page Long - 2

काठमाडौंः माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। आज बिहान साढे ८ बजेका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्नेछ।आजको बैठकमा लामो समयदेखि चयन हुन नसकेको माओवादीका पदाधिकारी चयन गर्ने तयारी छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ।

यसअघि बुधबार नै पदाधिकारीमा विभिन्न नेताहरूको नाम अन्तिम सूचीमा राखिसकिएको भन्दै बिहीबार टुङ्गो लगाउने तयारी माओवादीले गरेको थियो। तर विभिन्न कारणले बिहीबारको बैठक सर्‍यो।

माओवादीमा महासचिव पदको लागि विशेष चासो छ। महाधिवेशनको समयदेखि नै महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनबीच एक जनाको सम्भावना रहेको बताइए पनि बुधबारबाट देव गुरुङको नाम आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस