Nirvik Khabar

प्रथम मेयर सम्मेलन सकियो, आगामी सम्मेलन भरतपुरमा

received_2129529764081875

पोखरा –पोखरामा शुक्रबारदेखि शुरु भएको प्रथम महानगर प्रमुख ‘मेयर सम्मेलन’ आज सकिएको छ । आगामी मेयर सम्मेलन भरतपुरमा गर्ने गरी सम्मेलन सकिएको हो ।पोखराका मेयर धनराज आचार्यले भरतपुरका मेयर रेणु दाहाललाई ‘मेट्रो मिट नेपाल’ अङ्कित झण्डा हस्तान्तरण गर्दै दोश्रो मेयर सम्मेलन भरतपुरमा गर्न स्वीकृति प्रदान गरेका हुन् ।

मेयर सम्मेलन भरतपुर भ्रमण वर्ष २०८० मा हुने बताइएको छ । सम्मेलनले विभिन्न निर्णय गरे पनि निर्णयहरु भने सार्वजनिक गरिएको छैन ।सम्मेलनमा आयोजक पोखरासहित काठमाडौँ, विराटनगर, चितवन, ललितपुर र वीरगञ्ज महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरु सहभागी थिए ।

सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानून र आवश्यक सुधारका विषयमा छलफलसहित अनुभव आदान-प्रदान गरिएको थियो । यसैगरी उपप्रमुखले ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदानप्रदानका साथै महानगरका प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानून तथा तिनका कार्यान्वयनका चुनौतीबारे आआफ्नो अनुभव आदान-प्रदान गरेका थिए ।

सम्मेलनले महानगरलाई जनउत्तरदायी बनाउन निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न र कामलाई सहजीकरण गर्न सघाउने विश्वास लिइएको छ । सम्मेलन अन्तर्गत शुक्रबार राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेलले सङ्घीयता, महानगर र अबको बाटो शीर्षकमा आफ्नो प्रस्तुति राखेका थिए ।

Blue-Modern-College-Admission-Instagram-Post
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस