Skip to main content

Nirvik Khabar

बागमती प्रदेशसभा बैठक बस्दै

Advertisements
Single Page Long - 2

बागमती प्रदेशसभाको बैठक सोमबार बिहान ११ बजे बस्दैछ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलालले दलको तर्फबाट सम्बोधन गर्ने क्रममा एमालेको माग पूरा नभएसम्म बैठक चल्न नदिने भन्दै अवरोध जनाएपछि सभामुख सानुकुमार श्रेष्ठले आइतबारको बैठक स्थगित गरेका थिए ।

आगामी आवका लागि प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी रहेको र सबै जिल्लालाई समानरूपमा सम्बोधन गर्न नसकेको भन्दै बजेट संशोधनको मागसहित एमालेले बैठक अवरुद्ध गरेको हो । सभामुख श्रेष्ठले आर्थिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेललाई आर्थिक विनियोजन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएसँगै एमाले सांसदहरुले आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस