राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता चयन गर्दैछ। बालेनलाई दलको नेता चयन गर्न विधानमा केही संशोधन गर्नुपर्ने भएकाले रास्वपाले बिहीबार दिउँसो चार बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको छ। आज दिउँसो २ बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ कार्यक्रमपछि रास्वपाले दलको नेता चयन गर्न केन्द्रीय समितिको बैठक बोलाएको हो।
पार्टी सभापति रवि लामिछानेका अध्यक्षतामा केन्द्रीय कार्यालय वनस्थलीमा बैकक बस्ने सो पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।रास्वपाले विधान संशोधन गरेर बालेनलाई दलको नेता चयन गर्ने बाटो खोल्न लागेको हो। केन्द्रीय समितिबाट विधान संशोधन गरेपछि संसदीय दलको बैठक बसेर बालेनलाई नेता चयन गरिने सो पार्टीले जनाएको छ।
रास्वपा बालेनलाई प्रधानमन्त्री बनाउने घोषण गरेर निर्वाचनमा गएको थियो। गएको फागुन २१ गते भएको निर्वाचनबाट रास्वपाले प्रतिनिधिसभामा झण्डै दुई तिहाइ सिट जितेको छ।२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गिर १८२ सिटमा जित हासिल गरेको छ। रास्वपाले आजै बालेन दलको नेता चयन भएको जानकारी राष्ट्रपति कार्यालय पठाउने तयारी गरेको छ।राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलका नेतालाई शुक्रबार बिहानसम्म प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी अघि बढाएका छन्।


































Discussion about this post