प्रतिनिधि सभामा म्याग्दीबाट चुनाव लडेका स्वतन्त्र उम्मेदवार महावीर पुनले खर्च सार्वजनिक गरेका छन्। पुनका निर्वाचन प्रतिनिधि चित्रबहादुर तिलिजा पुनले सार्वजनिक गरेको विवरणमा २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। पुनको चुनावी प्रचारप्रसारका क्रममा सबैभन्दा कम मतदाता नामावली खरिदमा ३ हजार रुपैयाँ खर्च भएको छ।
त्यस्तै, सबैभन्दा बढी प्रचारप्रसारमा खटिएको टोलीको खाना र होटलको बासमा खर्च भएको जनाइएको छ। यसमा १३ लाख ७ हजार ६१९ रुपैयाँ खर्च भएको छ। उनको चुनावमा ३० जनाको टोली परिचालन भएको थियो। यसैगरी, यातायात र मर्मतमा ६ लाख ६० हजार ९९८, डिजेलमा ३ लाख ६० हजार ४९९, प्रचार प्रसार सामग्री खरिदमा २ लाख ९० हजार ५७५ र चालक ज्यालामा एक लाख ४० हजार खर्च भएको छ।
त्यस्तै, मनोनयन दर्तामा १० हजार, स्टेसनरीमा २५ हजार ३ सय र विविधमा ७० हजार ८७७ रुपैयाँ खर्च भएको छ। स्वतन्त्र उम्मेदवार पुन म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

































Discussion about this post