Nirvik Khabar

निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली

Advertisements
Single Page Long - 2

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनको परिणाम आफ्नो अपेक्षाअनुसार नआएको बताएका छन्। निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै उनले लोकतन्त्रमा जनताको फैसला नै अन्तिम हुने र त्यसलाई आफ्नो पार्टीले शिरोधार्य गर्ने उल्लेख गरेका हुन्।

अध्यक्ष ओलीले निर्वाचनमा एमालेले सोचेजस्तो परिणाम ल्याउन नसकेको स्वीकार गर्दै जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने स्पष्ट पारेका छन्। “लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो,” उनले भनेका छन्।कठिन घडीमा पनि सूर्य चिह्नमा मतदान गर्ने मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक र शुभेच्छुकप्रति उनले हार्दिक धन्यवाद व्यक्त गरेका छन्। उनले मतदाताको विश्वास र साथ नै आफ्नो पार्टीको मुख्य शक्ति र ताकत भएको उल्लेख गरेका छन्।

निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नभएको ओलीको भनाइ छ। “हामी जनताकै बीचमा रहनेछौँ र जनताकै लागि काम गरिरहनेछौँ,” उनले भनेका छन्, “विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै हामी अघि बढ्नेछौँ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस