Nirvik Khabar

गोरखा–१ मा सुधन गुरुङले बढाए अग्रता

Advertisements
Single Page Long - 2

गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङले आफ्नो अग्रता बढाएका छन्

आरुघाट गाउँपालिका–५ को मतगणना सम्पन्न हुँदा घण्टी चुनाव चिह्नका उम्मेदवार गुरुङले उक्त वडाबाट ३७० मत प्राप्त गरेका छन्। सोही वडाबाट नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले २६७, नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले १२७ र नेकपा (एमाले) का रामचन्द्र लामिछाने (सूर्य) ले १४२ मत थपेका छन्।

यससँगै हालसम्मको कुल मतपरिणामअनुसार सुधन गुरुङले ५ हजार २४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४ हजार ८ सय ४३ मत पाएका छन्।त्यसैगरी हरिराज अधिकारीले २ हजार ५ सय ५ मत प्राप्त गर्दा रामचन्द्र लामिछानेले ९ सय ५३ मत पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस