Nirvik Khabar

विद्यार्थीसँग एमाले अध्यक्ष ओली

Advertisements
Single Page Long - 2

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा विद्यार्थीसँग छलफल गर्ने भएका छन् ।आज बिहान ११ बजे दमक स्थित होटल कोरोनेशनमा यस क्षेत्रका विभिन्न कलेज तथा विद्यालयका विद्यार्थीसँग छलफल गर्ने कार्यक्रम तय भएको हो । निर्वाचन लक्षित भेटघाटको क्रममा आज पहिलो कार्यक्रम विद्यार्थीहरूसँग छलफल गर्ने रहेको जनाइएको छ ।

झापा निर्वाचन क्षेत्र नम्बर- ५ नेकपा एमाले निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार विद्यार्थीहरूका अहिलेका समस्या तथा जिज्ञासा सुन्ने छलफलमा उठेका विषय माथि अध्यक्ष ओलीले अन्तरकृया गर्नेछन् । कार्यक्रममा यस क्षेत्रका लगभग ३ सयबढी विद्यार्थी सहभागि रहने अनुमान गरिएको छ ।

दमकमा विद्यार्थीहरूसँगको कार्यक्रम सम्पन्न गरे लगत्तै अध्यक्ष ओली आज दिनभरी नै झापाको गौरादह नगरपालिका अन्तर्गतका बिभिन्न स्थानमा मतदातासँग भेटघाटमा पुग्ने कार्यक्रम रहेको जनाइएको छ। घोषित कार्यक्रम अनुसार गौरादह नपा ४ को खाङ्टामा पुगेर साढे १ बजे स्थानीयसँग भेटघाटको कार्यक्रम रहेको छ । उक्त कार्यक्रम पछि सोही वडाको मियाँ टोलीमा पुगेर भेटघाट गर्नेछन् ।

भेटघाटको क्रममा स्थानीयका समस्या सुन्ने र समाधानको विषयमा अध्यक्ष ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।मियाँटोलीको भेटघाट पछि उनले सोही वडा अन्तर्गतको ३ बजे दुर्गाचौक मजुवा पुगेर मतदातासँग छलफल गर्नेछन् । यसरी नै साढे ३ बजे फकिरढिपमा भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । समूहगत रुपमा भेटघाट गर्ने कार्यक्रममा स्थानीय बासिन्दाका समस्या, गुनासो सुन्ने समाधानका विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आफ्नो निर्वाचन क्षेत्रका टोलटोलमा पुगेर मसिनो गरि जनताका कुरा सुन्ने र आफ्नो धारणा राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस