Nirvik Khabar

यो देशमा प्रश्नभन्दा बाहिर र माथि कोही पनि छैन: रवि लामिछाने

Advertisements
Single Page Long - 2

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिर रवि लामिछानेले आफू प्रश्नभन्दा बाहिर नरहेको प्रस्टीकरण दिएका छन्।

बिहीबार गोरखा बजारमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले आफूलाई जसले जति वेला पनि प्रश्न गर्न सक्ने बताए। ‘यो देशमा प्रश्नभन्दा बाहिर र माथि कोही पनि छैन, जसले जतिखेर जहाँ उभिएर प्रश्न गरे पनि हुन्छ,’ लामिछानेले थपे, ‘न म प्रश्नभन्दा बाहिर र माथि छु, न सुदन गुरुङ प्रश्नभन्दा बाहिर र माथि छन्।’

गोरखा-१ बाट रास्वपा उम्मेदवार सुदन गुरुङको प्रचारका लागि गोरखा पुगेका लामिछानेले गुरुङलाई जसरी पनि सदनमा लगेर जाने जिकिर गरे। ‘सुदन गुरुङ सदनमा जाला भनेर अहिलेदेखि नै भ्रष्टाचारीको जिउ काँपेको छ। सुदन गुरुङलाई सदनमा लिएरै जान्छौँ,’ उनले भने, ‘गोरखाबाट धेरैले जिते तर गोरखाले जितेको छैन। यस पटक गोरखाले जित्नुपर्छ, सुदनले जित्नुपर्छ।’

प्रतिनिधि सभा निर्वाचनको प्रचारका क्रममा लामिछाने बिहीबार गोरखा पुगेका छन्। उनी आज गोरखाका विभिन्न स्थानमा चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस