Nirvik Khabar

चुनाव आउन १ साता बाँकी छँदा सिंगापुर उडे शेरबहादुर देउवा

Advertisements
Single Page Long - 2

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा चुनावको मुखमा सिंगापुर गएका छन्। स्वास्थ्य उपचारको लागि भन्दै देउवा बुधबार राति सिंगापुर प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ। बुधबार राति ११: ३० बजे सिंगापुर एयरलाइन्सको उडानबाट देउवा सिंगापुर गएका हुन्। पार्टी नेतृत्वमा गगन थापा आएपछि देउवा पार्टी राजनीतिमा पूर्णरूपमा निष्क्रिय छन्।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनीमाथि बुढानिलकण्ठस्थित निवासमै कुटपिट भएको थियो। त्यतिबेला पनि उनले सिंगापुरमै उपचार गराएका थिए।

देउवाको गृहजिल्ला डडेल्धुराबाट यसपटक कांग्रेसले नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। तर, देउवाले यसपटक आफ्ना उम्मेदवारलाई मत माग्नेतर्फ पनि चासो देखाएका छैनन्।उनी मतदान गर्न पनि जान्छन्, जाँदैनन् ठेगान छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस