Nirvik Khabar

गगनलाई रविको जवाफ : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

Advertisements
Single Page Long - 2

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति गगन थापाको भनाइप्रति लक्षित गर्दै २०-२० वर्ष सांसद मन्त्री बनेपछि मात्रै बाटोघाटो बनाउन कानुन फेर्नुपर्ने ज्ञान आएको भन्दै प्रश्न गरेका छन् । मंगलबार इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले थापालाई आफ्नो ज्ञान आफैँसँग राख्न भनेका हुन् ।
फागुन ७ गते रास्वपाले धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै सो पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले निर्माण व्यवसायीलाई लक्षित गर्दै काम छिटो गर्नका लागि रुखमा बाँध्ने र खोरमा थुन्ने जस्ता अभिव्यक्ति दिएका थिए । शाहको सोही अभिव्यक्ति प्रति लक्षित गर्दै केही दिनअघि कांग्रेस सभापति काम छिटो गर्नका लागि बाँध्ने र थुन्ने नभएर कानुन फेर्न आवश्यक भएको बताएका थिए ।

‘२०-२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १२-१५ वटा कानुन फेर्न पर्छ भन्ने ज्ञान आयो तपाईँहरूलाई ? बल्ल ज्ञान आयो’, लामिछानेले प्रश्न गरे, ‘तपाईँको ज्ञान तपाईँसँग राख्नुहोला ।’सभापति लामिछानेले निर्माण व्यवसायीले आफ्नै पार्टीका वरिष्ठ नेता शाहलाई लक्षित गर्दै निकालेको विज्ञप्तिप्रति लक्षित गर्दै अब नेपाल विकासको बाटोमा अघि बढ्ने र सो काम कसैले छेक्न नसक्ने पनि बताए ।

‘म सबै निर्माण व्यवसायी साथीहरूलाई भन्न चाहन्छु, हुनसकेसम्म २ सिफ्ट ३ सिफ्टमा काम हुन्छ, रातारात काम हुन्छ, तपाईँसँग भएका उपकरणहरू पर्याप्त छैनन् होला, विज्ञप्ति निकाल्न पर्दैन, के इक्विपमेन्ट ल्याउन पर्ने हो, कसरी ल्याउन पर्ने हो रु त्यसको तयारी गर्नुहोस् अब नेपाल विकास निर्माणको बाटोमा जान्छ, कसैले छेक्न सक्दैन’, उनले भने ।साथै, सभापति लामिछानेले शाहले भनेको भनाइ डोरीले नभएर कानुनले बाँध्ने अभिव्यक्ति भएको भन्दै नेता शाहको बचाउ पनि गरे ।

‘बाँध्ने भनेको कानुनले बाँध्ने भनेको हो, मान्छेलाई डोरीले बाँध्ने भन्या होइन, कानुनले बाँधेर काम गराउने भन्या हो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस