नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ बालेन्द्र शाहलाई लक्षित गर्दै बच्चाले जस्तै प्रधानमन्त्री बन्छु भनेको कटाक्ष गरेका छन्।
सोमबार झापामा आयोजित कोशी प्रदेशको नेशलन भोलिन्टियर्स फोर्स घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री बन्न भिजन चाहिने बताएका छन्। प्रधानमन्त्रीका उम्मेदवारबारे चर्चा गर्दै ओलीले भने, ‘बच्चालाई के हुने भनेर सोध्यो भने प्रधानमन्त्री पनि भन्छ, राष्ट्रपति पनि भन्छ। केही मान्छेलाई यस्तै लाग्यो प्रधानमन्त्री बन्ने भनेका छन्।’
आउँदो प्रतिनिधि सभाको चुनावमा एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। त्यस्तै रास्वपाले शाहलाई र नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। त्यसबारे चर्चा गर्दै ओलीले प्रधानमन्त्री बन्न बच्चाले भने जस्तो नहुने टिप्पणी गरेका हुन्। ‘हामी प्रधानमन्त्री हुन भिजनसहित आएका छौँ,’ ओलीले भने।
































Discussion about this post