Nirvik Khabar

बालेनको वाचा: झापा-५ का सुकुमवासीका लागि ‘१०० दिनमा आयोग, १००० दिनमा समाधान’

Advertisements
Single Page Long - 2

झापा-५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले सोमबार चुनावी घोषणापत्र  (वाचापत्र) सार्वजनिक गर्दै आफ्नो निर्वाचन क्षेत्रका सुकुमवासी समस्या समाधानका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्।

झापा निर्वाचन क्षेत्र नम्बर ५ का भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको दिगो समाधानका लागि आफ्नो नेतृत्वमा सरकार बनेको १०० दिनमा आयोग गठन गरी १००० दिनमा समाधान गर्ने नीति अपनाउने संकल्प गरेका हुन्।

वाचापत्रमा उनले लेखेका छन्:

‘भूमि व्यवस्थापन
-झापा-५ का भूमिहीन, सुकुमवासी था अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग, १००० दिनमा समाधान नीति अवलम्बन गरी अधिकार सम्पन्न आयोगमार्फत समयसीमाभित्र कार्य सम्पन्न गरिनेछ।

-बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्दै जग्गा चक्लाबन्दी तथा एकीकरण प्रवर्द्धनका लागि “ल्यान्ड बैंक”को व्यवस्था गरिनेछ।

-ऐलानी जग्गासम्बन्धी उचित व्यवस्था एव नक्सांकन अभिलेख नभएका जमिनहरूको नापी नक्सा अभिलेखीकरण गर्ने कार्य सम्पन्न गरिनेछ।’

हेर्नुहोस् पूरा वाचापत्र

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस