बर्दिया । बर्दिया जिल्ला संघीय निर्वाचन क्षेत्र नं. १ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुने उम्मेदवारहरूमा शालिकराम अधिकारी,कपिल ज्ञवाली ,गोविन्द थपलिया, सुरेश रेग्मी ,सुष्मा चौधरी रहनुभएको छ।
सिफारिस सूचीअनुसार शालिकराम अधिकारी नेकपा एमाले बर्दिया जिल्ला कमिटी अध्यक्ष हुनुहुन्छ भने कपिल ज्ञवाली जिल्ला कमिटी सदस्य हुनुहुन्छ। सुरेश रेग्मी एमालेका पुराना तथा अनुभवी नेता मानिन्छन् भने सुष्मा चौधरी बाँसगढी नगरपालिकाकी पूर्व उपमेयर हुनुहुन्छ।
यसैगरी गोविन्द थपलिया अनेरास्ववियुको त्रि–चन्द्र क्याम्पस कमिटी अध्यक्षबाट राजनीतिक यात्रा सुरु गर्दै भेरी अञ्चल अनेरास्ववियु अध्यक्ष, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य, सचिवालय सदस्य, स्थायी कमिटी सदस्य तथा शैक्षिक विभाग प्रमुखको जिम्मेवारी सम्हालिसक्नुभएको छ। थपलिया दुई
बर्दिया । बर्दिया जिल्ला संघीय निर्वाचन क्षेत्र नं. १ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस गरिएको छ।
नेकपा एमाले बर्दिया जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदवारहरूमा शालिकराम अधिकारी, कपिल ज्ञवाली, गोविन्द थपलिया, सुरेश रेग्मी र सुष्मा चौधरी रहनुभएको छ।
सिफारिस सूचीअनुसार शालिकराम अधिकारी नेकपा एमाले बर्दिया जिल्ला कमिटी अध्यक्ष हुनुहुन्छ भने कपिल ज्ञवाली जिल्ला कमिटी सदस्य हुनुहुन्छ। सुरेश रेग्मी एमालेका पुराना तथा अनुभवी नेता मानिनुहुन्छ। त्यस्तै सुष्मा चौधरी बाँसगढी नगरपालिकाकी पूर्व उपमेयर हुनुहुन्छ।
यसैगरी गोविन्द थपलिया अनेरास्ववियुको त्रि–चन्द्र क्याम्पस कमिटी अध्यक्षबाट राजनीतिक यात्रा सुरु गर्दै भेरी अञ्चल अनेरास्ववियु अध्यक्ष, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य, सचिवालय सदस्य, स्थायी कमिटी सदस्य तथा शैक्षिक विभाग प्रमुखको जिम्मेवारी सम्हालिसक्नुभएको छ। उहाँ दुई कार्यकाल एमाले बर्दिया–काठमाडौं सम्पर्क मञ्चको सचिवालय सदस्य तथा युवा–विद्यार्थी फाँट इन्चार्ज रहनुका साथै दुई कार्यकाल नेकपा एमाले बर्दिया जिल्ला कमिटी सचिवालय सदस्यसमेत भइसकेका नेता हुनुहुन्छ।
पार्टी संगठन निर्माण र विस्तारमा निरन्तर योगदान दिँदै आएको भन्दै बदलिँदो राजनीतिक परिवेशअनुसार ४० वर्षमुनिको युवा क्लस्टरलाई ध्यानमा राखेर थपलियाको नाम सिफारिस गरिएको एमाले स्रोतले जनाएको छ।
थपलियाका बुवा राजकुमार थपलियाले पनि नेकपा एमालेमा लामो समयदेखि त्याग, तपस्या र संघर्षसहित योगदान दिएको तथ्य स्थानीय नेता तथा कार्यकर्ताहरूले बताएका छन्। भूगोल पार्टीको आवश्यकताअनुसार सिफारिस गरिएको नामलाई केन्द्रले उचित मूल्यांकन गर्ने विश्वास थपलियाले व्यक्त गर्नुभएको छ।
दुई विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरिसक्नुभएका थपलिया हाल अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा एमफिल लिड पीएचडी अध्ययनरत हुनुहुन्छ। जेन–जी आन्दोलनलगायत विभिन्न राजनीतिक बहसमा पार्टीको पक्षमा निडर रूपमा पैरवी गर्दै आएका कारण उनी बर्दियाली जनताका आशा र अपेक्षाका नेताका रूपमा परिचित रहेको स्थानीय नेताहरूको भनाइ छ।































Discussion about this post