Nirvik Khabar

पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडिबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसाे कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

आज राती भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश र मधेश प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश , गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस