Skip to main content

Nirvik Khabar

एउटै रुखमा झुण्डिएको भेटिए अजय र जुवामुनि, विवाहेत्तर सम्बन्धमा रहेको आशंका

Advertisements
Single Page Long - 2

मोरङ । मंगलबार बिहान मोरङको पथरी शनिश्चरे ५ मौलिबारीस्थित बक्राहा खोला किनारस्थित पिठारीको रुखको एउटै हाँगोमा युवायुवती झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । मृत भेटिएको युवा–युवती विवाहेत्तर सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार पथरीशनिश्चरे– ५ का अन्दाजी २४ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ घर तथा मोरङको कटहरी गाउँपालिका–६ माइती भएकी २२ वर्षीया जुवामुनि हस्दा झुन्डिएको अवस्थामा भेटिएका मृत फेला परेका थिए । विवाहित रहेको दुवै जनाको आआफ्नै परिवार रहेको थियो ।

मृत फेला परेकी युवती जुवामुनिका श्रीमान् कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् भने उनका डेढ वर्षका एक छोरा समेत रहेका छन् ।यस्तै उनीसँगै मृत भेटिएका अजयकी पनि श्रीमती सहित २ र ४ वर्षका दुई छोरा रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार अजय र जुवामुनि यस अघि घरमा आउजाउ गर्ने गरेको र नियमित सम्पर्कमा रहेको देखिएको छ । केहि दिन अघि अजयले जुवामुनिलाई घरमै ल्याएर आएका थिए । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस