Nirvik Khabar

प्रचण्डको चेतावनी-गिरिबन्धुको फाइल खुल्नेछ, वाइडवडीको भ्रष्टाचार छोडिने छैन

Advertisements
Single Page Long - 2

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को पटक आफ्नो पार्टी बलियो भएमा गिरीबन्धु टि–स्टेटको फाइल खुल्ने र वाइडबडीमा भएको भ्रष्टाचारलाई त्यतिकै नछोड्ने चेतावनी दिएका छन्।

कंचनपुरको पुनर्वासमा शनिबार माओवादी केन्द्रले आयोजना गरेको खबरदारी तथा पार्टी एकता समायोजन सभा सम्बोधन गर्दै उनले भने, ‘भ्रष्टाचारको पक्षको यो सरकारले यति धेरै भ्रष्टाचारको पक्षमा काम गरको छ, तर म तपाईंहरुलाई भन्न चाहान्छु-गिरीबन्धुको फाइल खुल्नेछ। त्यसलाई लुकाउने दिइने छैन। ओम्नीमा भएको भ्रष्टाचार छोडिने छैन। वाइडवडीको भ्रष्टाचार छोडिने छैन।’

प्रचण्डले माओवादी बलियो भएमा सुशासनको युग सुरु हुने समेत दाबी गरे। उनले भने, ‘हेर्नुहोला, अर्कोपटक माओवादी बलियो भयो भने सुशासनको नयाँ युग सुरु हुनेछ। भ्रष्टचारीलाई लखेट्ने प्रक्रिया सुरु हुनेछ।’

सुशासन विरोधीहरुले आफूलाई सरकारमा बस्न नदिएको भन्दै प्रचण्डले आउने दिनमा माओवादी एक नम्बर भए मात्रै देशबाट भ्रष्टाचारको अन्त्य हुने समेत जिकिर गरे। ‘सुशासन विरोधी भ्रष्टाचारका पक्षपातीहरुले सरकारमा बस्न दिएनन्,’ उनको भनाइ थियो, ‘अब आउने दिनमा माओवादी केन्द्र एक नम्बर पार्टी भयो भने मात्रै देशबाट भ्रष्टचारको अन्त्य हुनेछ। माओवादी पार्टी एक नम्बर भयो भने मात्रै सामाजिक न्याया हुनेछ। समाजवादको आधार तयार हुनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस