काठमाडौं,कात्तिक १६-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधका आरोपमा गरिएको अनुसन्धानमा बयान लिने प्रक्रिया सकिएको छ । लामिछानेलाई सरकारी वकिलको कार्यालयले पटकपटक बयानका लागि बोलाएको थियो ।
उनको सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान भइरहेको छ । गत कार्तिक २ गते शुक्रबार काठमाडौँमा पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला अदालतले प्रारम्भमा ६ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । त्यसपछि थप ७ दिनको म्याद प्रदान गरिएको थियो । हिरासतमा राख्ने अनुमति बुधबार सकिएपछि, तिहारको बिदा समाप्त भएपछि उनलाई पुनः अदालतमा पेश गर्ने तयारी कास्की प्रहरीले गरिरहेको छ ।
लामिछानेमाथि बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ । तिहारको बिदापछि कास्की प्रहरीको अनुसन्धान सम्पन्न भएपछि लामिछानेलाई म्याद थप गरी रुपन्देही लैजाने तयारी भएको बताइएको छ ।
Discussion about this post