Nirvik Khabar

रवि र छविलाई अदालत लगियो

Advertisements
Single Page Long - 2

पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।रविलाई दोस्रो र छविलाई चौथो पटक अदालतमा उपस्थित गराइएको हो । सूर्यदर्शन सहकारीको रकम अपचलनका सम्बन्धमा अनुसन्धान नसकिएको र रविको सरकारी वकिलसमक्ष बयान पनि नसकिएकाले केही दिन अझै म्याद थप हुने सम्भावना छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराइएको छ ।कास्की प्रहरीका सूचना अधिकारी डीएसपी तथा अनुन्धान अधिकृत वसन्तकुमार शर्माका अनुसार रवि र छविमाथि अनसन्धान भइरहेको जानकारी दिए

मंगलबार र बुधबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीका रविको बयान लिइएको थियो । बयानमा उनले सहकारीबाट ऋण नलिएको र आफूले कुनै बद्मासी नगरेको दावी गरेको स्रोत बताउँछ ।

लामिछाने कार्तिक २ गते र छवि असोज ६ गते काठमाडौँबाट पक्राउ परेका थिए । छविको रवि पक्राउ परेकै दिन कार्तिक २ गते दशैँ बिदाको समेत हिसाव गरेर २० दिन म्याद थप भएको थियो ।यही बीचमा उनलाई सुप्रिम सहकारीको घोटला काण्डका सम्बन्धमा रुपन्देही लगेर बयान गराएर कास्की फर्काइएको थियो । अब रविलाई पनि रुपन्देही, चितवनलगायतका जिल्लामा लगेर बयान गराइने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस