Nirvik Khabar

भारतमा भेटियो एक जनाको शव, त्रिशुलीमा खसेको बसका यात्रुको हुन सक्ने आशंका

Advertisements
Single Page Long - 2
गोताखोर भरतपुर(चितवन),२९ असार : चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालको पहिरोका कारण बेपत्ता दुई बस र यात्रुको खोजीका लागि शनिबार दिउसो त्रिशूली नदीमा पस्ने तयारीमा रहेका गोताखोर । तस्बिर : कृष्ण आचार्य/रासस

शुक्रबार भारतको पश्चिम चम्पारणको बगाहामा एक जनाको शव फेला परेको छ । भारतीय एसएसबीले उक्त शव फेला पारेको हो । सो शव २८ असारमा त्रिशुलीमा बेपत्ता भएका बसका यात्रुको हुन सक्ने प्रहररीको आशंका छ ।यद्यपि, उक्त शवको सनाखत भने भइसकेको छैन ।

यसअघि पनि जिल्ला प्रशासन कार्यालयले त्रिशुलीमा बेपत्ता भएका बसका यात्रुलाई नदीले भारत पुर्‍याएको हुन सक्ने आशंकामा भारतीय सीमावर्ती जिल्लाहरूसँग समन्वय गरेको थियो । सोहीअनुसार आज एक जनाको शव भारतमा फेला परेको हो ।

यो शव पनि २८ असारमा त्रिशुलीमा बेपत्ता भएका यात्रुको भए हालसम्म २३ यात्रुको शव फेला परेको हुनेछ । उक्त दुर्घटनामा परी हालसम्म १४ जनाको शनाखत भएको छ भने ८ पुरुष र एक महिला गरी ९ शवको सनाखत हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस