काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ विजयी भएका छन् ।२७ हजार ७७२ मत पाएका एमालेका नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई फराकिलो मतान्तरले हराएका हुन् ।
खड्काले २१ हजार ९४२ मत पाएका छन् ।तेस्रो स्थानमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मत पाएर चौथो स्थानमा आएका छन् ।
उपनिर्वाचनको परिणामसँगै अब प्रतिनिधिसभामा युवा नेता सुहाङले प्रवेश हुने भएको छ ।संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नम्बर २ मा बैशाख १५ गते उपनिर्वाचन भएको थियो । इलाममा जनताले नेम्वाङका छोरालाई निर्वाचित गरेर पठाएका छन् ।
यसअघि एमालेसँग ११४ मतले पराजित भएको नेपाली कांग्रेसले इलामबाट पर्याप्त भोट बटुल्न सकेन ।तर, विगतमा कम प्रभाव रहे पनि पहिचानवादीले यसपटक सम्मानजनक मत पाएका छन् ।मिसन ८४ अभियानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने इलाममा चौथो स्थानमा चित्त बुझाउनुपरेको छ ।
अन्तिम मत परिणाम

































Discussion about this post