विराटनगर । एक्जिट पोलको नाममा मतदान केन्द्र नजिकै अर्को मतदान गराएको पाइएपछि प्रहरीले एक्जिट पोल गराउने सामाग्री जफत गरेको छ । इलाम बजारमा रहेको महेन्द्ररत्न क्याम्पस केन्द्रबाट एक्जिट पोल गराउन राखिएको सामाग्री प्रहरीले बरामद गरेको हो ।
क्याम्पसकै होस्टेलमा छात्राहरूले निर्वाचनका विषयमा एक्जिट पोल गराएको खुलेको छ । ती युवतीहरूलाई मतदान गरेर फर्किएकाहरूलाई पुन मतदान गर्न लगाउने सर्तमा राखिएको प्रहरीले जनाएको छ । उनीहरूले मतदान गरेर फर्किएकाहरूलाई पुन नक्कली मत पत्रमा मत खसाउन लगाउने गरेका थिए ।मतदान केन्द्रभित्रै नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएपछि प्रहरीले केही सामग्रीहरू बरामद गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । कुन संस्थाले एक्जिट पोल गर्न लगाएको भन्ने खुलेको छैन ।
महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र नै मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने समूहको सामग्री प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।
































Discussion about this post