Nirvik Khabar

सहकारी प्रकरण उचालेर कांग्रेसले मलाई फसाउन खोज्यो, राजीनामा दिन्नँ : रवि लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेले सहकारी पीडितहरूको समस्या समाधान गर्न भने आफू तयार रहेको दोहोर्‍याए ।

बुधबार इलाममा आयोजित चुनावी सभामा उपप्रधानमन्त्री लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणका भ्रष्टमाथि कारबाही गर्न नसक्ने कांग्रेसले राजीनामा माग्दैमा आफूले दिने अवस्था नरहेको बताए ।उपप्रधानमन्त्री लामिछानेले कांग्रेसले आफूलाई गलत देखाउन सहकारी गठी प्रकरणलाई उचालेको आरोपसमेत लगाए । कांग्रेसले सहकारी पीडितको समस्या भने समाधान गर्न नचाहेको उनको जिकिर थियो ।

“के मैले कांग्रेसले भनेर राजीनामा दिनुपर्ने ? कांग्रेस, जो नेपाली जनतालाई नक्कली भुटानी बनाएर बेचेको आरोपमा जेल गएर आयो, उसलाई केन्द्रीय नेताबाट निकाल्न सक्दैन । अनि उसले भनेर मैले राजीनामा दिने ? मेरो पार्टीमा त इतिहास छ । प्रमाणित भएको पनि होइन । त्यो अडियो मेरै हो भनेर सांसदले स्वीकार गरिसके त्यसको ७२ घण्टामा कारबाही गर्ने पार्टी सभापति हुँ म । हेक्का रहोस् । म भ्रष्टहरूलाई वरपर लिएर बसेर फ्रन्ट रोमा बसेर अख्तियारमा झन्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस