Nirvik Khabar

सहिद दिवस : नेविसंघ रत्ननगरले राख्यो राजमार्गमा डस्टविन

add

भरतपुर , १६ माघ-

नेपाल बिद्यार्थी संघ रत्ननगर ईकाइद्वारा  माघ १६ गते सहिद दिवसको अवसरमा फोहोर व्यवस्थापनमा सहयोग पुरयाउने उद्धेश्यले ८० थान डस्टविन राखेको छ ।
रत्ननगरको टिकौली चौरबाट टाँडीको तरकारी  चोक सम्म  पुर्ववपश्चिम राजमार्ग को दुबै क्षेत्रमा ४०/४० वटा डस्टबिन राखेको छ ।

आज मंगलबार बिहान टिकौलीमा एक कार्यक्रम गरि  डस्टविन राख्ने कार्यक्रमको औपचारिक शुरुवात गरिएको हो ।
डस्वीन राख्ने कार्यको शुभारम्भ गर्दै राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. गोबिन्द  पोख्रेलले फोहोर व्यवस्थापनको क्षेत्रमा नेविसंघले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले जनचेतना जगाउने कार्यमा संघ संस्थाको भूमिका  महत्वपूर्ण हुने भन्दै जोकोहीलाई डस्टविनको उचित सदुपयोग गर्न सुझाए ।

नेविसंघ रत्ननगरका अध्यक्ष  नवीन थापाले रत्ननगर नगरपालिका तथा केही व्यवसायीहरूको सहयोगमा ८० वटा डस्टविन राख्न सफल भएको बताए । राजमार्गमा फोहोर ब्यवस्थापन गर्न तथा सफा सुन्दर रत्ननगर बनाउन नेविसंघ प्रयासरत रहेको बताउदै , यस अभियानमा रत्नननगर नगरपालिकाले सहयोग गरेको बताए ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी , रत्ननगर नगरपालिका  प्रमुख प्रल्हाद सापकोटा, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल लगाएतका नेता तथा नेविसंघका कार्यकर्ताहरूको सहभागीता रहेको थियो ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस