Nirvik Khabar

बम्जनको दैनिकी : खाना आफै पकाउँछन्, टीभीमा रेस्लिङ हेर्छन्, ध्यान गर्ने ठाउँ पाएका छैनन् !

received_2129529764081875

काठमाडौं । ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जन हाल पुर्पक्षका लागि जिल्ला कारागार महोत्तरीमा राखिएको छ । २४ पुसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेर सर्लाही प्रहरीलाई बुझाएको थियो ।

त्यसको भोलिपल्ट नै बिहीबार जिल्ला अदालत सर्लाहीले उनलाई थुनामा पठाएको थियो । सर्लाहीमा कारागार सञ्चालनमा नभएपछि प्रहरीले उनलाई महोत्तरी पठाएको जनाएको छ । पाँच दिनदेखि कारागारमा रहेका बम्जनले कारागारभित्र आफै खाना पकाएर खाने गरेका छन् ।

महोत्तरी कारागारका जेलर रवीन्द्र चन्द्र ठाकुरले बम्जनले लसुन प्याज नखाने र सादा खानेकुरा मात्रै खाने हुँदा कारागारभित्र आफै पकाएर खाने गरेको बताए । हाल महोत्तरी कारागारभित्र ५९९ जना कैदी राखिएको छ ।कारागारका अन्य कैदीसरह उनलाई सातजना अट्ने गरेको हलभित्र राखिएको छ । उनी बस्ने कोठामा टीभीको व्यवस्थापन भने गरिएको छ ।

उनी रेस्लिङदेखि अन्य खेलका गतिविधिहरु टेलिभिजनमा हेर्ने गर्छन् । बिहानको समय सामान्य ध्यानबाहेक अन्य योगध्यानको क्रियाकलाप भने उनले गर्न पाएका छैनन् ।उनीमाथि २०६९ मा नुवाकोट मेघाङ गाउँपालिका–३ का २९ वर्षीया चिनिमाया तामाङ, २०७१ माघमा मकवानपुरकी ३० वर्षीया फुलमाया रुम्बा, सोही सालको चैतमा मकवानपुरका ५१ वर्षीय सञ्चलाल बाइवा र ०७२ मा बाराका ३४ वर्षीय सुरेशकुमार आलेलाई बेपत्ता पारेको उजुरी प्रहरीमा छ ।

सोही उजुरीको आधारमा सीआईबीले काठमाडौंको बूढानीलकण्ठस्थित हात्तीगौंडाबाट उनलाई पक्राउ गरेको थियो । उनी पक्राउसँगै सीआईबीको टोली हराएका व्यक्तिहरूका आफन्तले दिएको उजुरीका आधारमा उनको आश्रम सिन्धुपाल्चोक र बारामा जाने तयारीमा छ ।बम्जनले सञ्चालन गरेको सिन्धुपाल्चोकको बाडेगाँउको आश्रम र बाराको खुमजोर आश्रमबाट चारजना बेपत्ता पारिएको उजुरी छ । यसअघिसमेत प्रहरीले बम्जनको आश्रमबाट शव गलाउन प्रयोग गरिएको नुनसहित केही शंकास्पद वस्तु फेला पारेको थियो । तर, शव पहिचान हुने अन्य प्रमाण भने प्रहरीले फेला पार्न सकेको छैन ।

त्यसैको खोजीमा सीआईबीको टोली पुनः आश्रमको अनुसन्धानमा जान लागेको सीआईबी स्रोतको दाबी छ । सीआईबीले उनको घरबाट बरामद गरिएको विभिन्न १६ मुलुकको अवैध रुपैयाँ र नेपाली रकमबारे समेत अनुसन्धान गर्ने बताउँदै आएको छ ।

Blue-Modern-College-Admission-Instagram-Post
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस