Nirvik Khabar

प्रेस चौतारीको भवन निर्माणमा उवासंघ चितवनबाट एक लाख रुपैयाँ सहयोग

add

चितवन, मंसिर २७-

प्रेस चौतारी चितवनले भरतपुरमा बनाउँदै गरेको भवनका लागि उद्योग वाणिज्य संघ चितवनले एक लाख रुपैयाँ सहयोग गरेको छ ।उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई भवन निर्माणका लागि एक लाख रुपैयाँको चेक वुधबार दिउँसो हस्तान्तरण गरेका हुन् ।

पत्रकारहरुको भवनका लागि संघका तर्फबाट संस्थागत सहयोग गरिएको भन्दै अध्यक्ष श्रेष्ठले चितवनको पत्रकारिता क्षेत्रको विकासमा भवनले अझैं ठूलो टेवा पुग्ने विश्वास ब्यक्त गरे ।

प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले चितवनको आर्थिक क्षेत्रमा सधै अग्रणी संस्थाका रुपमा नेतृत्व गरिरहेको उद्योग वाणिज्य संघको सहयोगले खास अर्थ राख्ने भन्दैं संघप्रति आभार ब्यक्त गरे । उनले संघको सहयोगले भवन निर्माणमा ठूलो टेवापुगेको महसुस आफूहरुले गरेको भन्दैं भवन निर्माणले जिल्लाका पत्रकारहरुको संस्थागत विकासमा थप मद्दत गर्ने बताए । सो अवसरमा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठ, प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदी, संघका प्रमुख कार्यकारी अधिकृत निल केसी, पत्रकार महासंघ चितवनका सल्लाहकार तिलकराम रिमाल,, प्रेस चौतारी केन्द्रीय निर्वाचन कमिटीका उपाध्यक्ष नवराज ढकाललगायतको उपस्थिति रहेको थियो ।

चितवनको भरतपुर–११ बसेनीमा समाजसेवी केशव कार्कीले प्रदान गरेको ९ धुर जग्गामा चौतारी चितवनको भवनको काम धमाधम भइरहेको छ । भवनको दोस्रो तलाको ढलान गरी सकिएको छ । पहिलो तलाको काम फिनिसिङ गर्ने काम सुरु भएको छ । भवनको पहिलो तलामा कार्यालय कक्ष, दोस्रोमा हल र तेस्रो तलामा आवासीय कोठाहरू रहने छन् । भवनको लागत एक करोड ५० लाख अनुमान गरिएको छ ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस