Nirvik Khabar

भरतपुरको ग्रिनल्याण्ड स्कुलमा विद्यार्थीले गरेका परियोजनाको प्रदर्शनी हुँदै

received_2129529764081875

चितवन- भरतपुरको ग्रिनल्याण्ड पब्लिक स्कुलमा विद्यार्थीहरुले गरेका परियोजनाहरुको प्रदर्शनी (प्रथम पीबीएल मेला) हुने भएको छ ।स्कुलको आयोजनामा स्कुल परिसरमा पहिलो पटक मंसिर २६ गते मंगलबार मेला हुने स्कुलले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

यस्तो मेला चितवनमै पहिलो पटक हुन लागेको स्कुलले आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । मेलामा विद्यार्थीहरुले परियोजनामा आधारित सिकाइका क्रममा तयार परेका परियोजनाहरु प्रदर्शन गरिने स्कुलकी प्राचार्य इन्दिरा पन्त कार्कीले जानकारी दिइन् । कार्यक्रम बिहान ११ बजे सुरु हुनेछ ।

गत जेठ यता विद्यालयले चलाएको परियोजनामा आधारित सिकाइअन्तर्गत विद्यार्थीहरुले विभिन्न सिप सिकेका छन् । जसमध्ये ८४ वटा चुनिएका परियोजनाहरु प्रदर्शनीमा राखेर विद्यार्थीहरुले आफ्नो अनुभव प्रस्तुत गर्ने पन्तले बताइन् । स्कुलले अमेरिकन मनोवैज्ञानिक होवार्ड गार्नकको मल्टिपल इन्टेलिजेन्स सिद्धान्तमा आधारित रही विद्यार्थीहरुको क्षमता पहिचानमा जोड दिँदै आएको उनको भनाइ छ । स्कुलले जीवनोपयोगी र व्यवहारिक शिक्षामा जोड दिँदै आएको उनले बताइन् ।

पत्रकार सम्मेलनमा यसले सिकाइलाई व्यवहारिक जीवनसँग जोडेर विद्यार्थीलाई अनुभव बटुल्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताइन् । सोही अनुसार नै विद्यार्थीहरुले तयार पारेका फरक–फरक परियोजनाहरु प्रस्तुत गरिने उनले जानकारी दिए । यो कार्यक्रम शिक्षामा क्रान्तिको रुपमा लिइएको समेत उनको भनाइ छ ।

Blue-Modern-College-Admission-Instagram-Post
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस