नारायणगढ । चितवनको नारायणगढमा रहेको ईमेज इन्स्टिच्युटले उच्च शिक्षाका लागि जापान पढ्न जाने विद्यार्थीहरुका लागि सहजिकरण गर्दै आएको १८ बर्ष पुरा भएको छ । १८ बर्ष पुरा भएको अवसरमा आजबाट नयाँ व्यवस्थापन सहित सेवा शुभारम्भ गरेको छ । १८ औँ वार्षिकोत्सवको अवसरमा ईमेज इन्स्टिच्युटले खुसीयाली साटासाट गरेर मनाएको छ ।
ईमेज इन्स्टिच्युटका प्रबन्ध निर्देशक मोहन बुढाथोकीले दक्ष भाषा प्रशिक्षक तथा अनुभवी परामर्शदाताहरु मार्फत् विद्यार्थी र अभिभावकहरुलाई सेवा दिदै आएको बताउनुभयो । उहाँले नेपालदेखि जापानसम्मको सहयात्री बन्दै त्यहाँको रहन–सहन तथा आधारभूत कानुनी ज्ञान ईमेज इन्स्टिच्युटले प्रदान गर्दै आईरहेको जानकारी दिनुभयो । जापान गएका हजारौं विद्यार्थी र नेपालीहरूको विश्वास र सहयात्री बन्न पाएकोमा गौरवान्वित महशुस गरेको बताउनुभयो ।
नारायणगढको शहिदचोकमा मुख्य कार्यालय रही गोरखाको हरमटारी, चितवनको चनौली, मेघौली र माडीबाट शाखा कार्यालय मार्फत् स्टुडेन्ट भिषामा जापान जान चाहानेहरुलाई भाषा कक्षा तथा आवश्यक सम्पूर्ण सेवा प्रदान गर्दै आईरहेको निर्देशक सुजिना सिंहले जानकारी दिनुभयो । ग्राण्ड रि ओपनिङ कार्यक्रममा थुप्रै चुनौतीहरुलाई पार गर्दै चितवनकै पहिलो संस्था भएर सेवा सुरु गरेको उहाँले बताउनुभयो ।
चितवनको पहिलो संस्थाको रुपमा दावी गर्दै आएको ईमेज इन्स्टिच्युटले सन् २००५ देखि भरतपुर–२, क्षेत्रपुरमा न्यु ईमेज इन्स्टिच्युटको नामबाट स्थापित थियो ।
Discussion about this post