Skip to main content

Nirvik Khabar

शशांकलाई साक्षी राखेर गगनले देउवालाई भने – ‘अभिभावक भएर बस्नुस्, यो काँध जिम्मेवारी बोक्न तयार छ’

Advertisements
Single Page Long - 2

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई अभिभावक भएर स–सम्मान बसी आफूहरुलाई जिम्मेवारी दिन आग्रह गरेका छन् । सोमबार पार्टीको नवलपुर जिल्ला सम्मेलनमा सभापति देउवासँगै अर्का नेता डा. शशांक कोइरालालाई साक्षी राखेर महामन्त्री थापाले आफ्नो काँध जिम्मेवारी बोक्न तयार रहेको विश्वास दिलाउँदै भने, ‘यो काँध त्यो जिम्मेवारी बोक्न तयार छ ।’

नेता थापाले देउवालाई सम्बोधन गर्दै आफ्नो उमेर समूहका नेता कार्यकर्ताले सिंगो पार्टीको जिम्मा लिन सक्ने भन्दै आफूहरुलाई विश्वास गरेर जिम्मेवारी छोड्न आग्रह गरेका हुन् ।

उनले पार्टीभित्र गुटबन्दी किन बढेको भन्दै गुटबन्दीमा समय खर्च गर्ने छुट कार्यकर्तालाई नहुने बताए । उनले देश निर्माणको जिम्मा कांग्रेसलेमात्र बोक्न सक्ने भन्दै त्यसका लागि आफूहरु तयार रहेकोसमेत बताए ।

नेता थापाले कांग्रेसले भोटकोमात्र राजनीति गर्नुभन्दा पनि देश बनाउने पार्टी कांग्रेसमात्रै हो भन्ने विश्वास दिलाएर काम गर्न पनि सबैलाई सुझाव दिएका छन् ।उनले पार्टीलाई चलायमान बनाउनका लागि युवा शक्ति एक हुनुपर्ने भन्दै अब बा पुस्ताले आराम गर्ने बेला आएको बताउँदै आएका छन् ।

महामन्त्री थापाले त्यसको संकेत स्वरुप गत कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा सभापति देउवासँग प्रतिस्पर्धा गरेका थिए ।उनले आफ्नो राजनीति गर्ने समय निश्चित भएको भन्दै दोहोरिएर कुनै पदमा बसिरहनु भन्दा जिम्मेवारीपूर्वक नेतृत्व सम्हालेर देशमा विकासको जग बसालेर राजनीतिबाट टाढिने इच्छा व्यक्त गर्दैै आएका छन् ।

नेता थापाले पार्टीको चुनावी महाधिवेशन २०८२ सालमै गर्नुपर्नेमा जोड दिँदै आएका छन् । आसन्न महासमिति बैठकमा पनि यो विषयले स्थान पाउने बुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस