Nirvik Khabar

भूकम्पपछि ‘रेट्रोफिट’ गरिएको भवनमा सर्यो प्रधानमन्त्री कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरेको छ । सिंहदरबारमा पश्चिम तर्फको (रेट्रो फिटिंग भएको) भागमा बनाइएको कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरेको हो ।

कार्यालयमा सरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको कामको प्रकृति र गुण नयाँ ढङ्गबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सरकारका कामकारबाही अब ढङ्गबाट अघि बढाउने बताए ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मात्रै नसारिएको बताउँदै कामको प्रकृति र गुण पनि अब नयाँ ढङ्गले जाने सङ्कल्प पनि रहेको महसुस गरेको बताए । उनले पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुम्म परेर बस्नुपरेको अनुभव सुनाउँदै उनले अब ताजा भई काम गर्न पाएको महसुस गरेको बताए । नयाँ भवन शुभारम्भले नयाँ गति पक्रिने र एकता अझ बलियो बन्ने बताए ।

शहरी विकासमन्त्री सीता गुरुङले नयाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रबलीकरण गर्ने काम लगभग पूरा भएको बताइन् । उनले पहिलो चरणको आयोजनाको ठेक्काअनुसार ४२ करोड हाराहारीको रकममा प्रबलीकरण गर्ने काम सम्पन्न भएको बताइन् । ०७२ सालमा गएको भूकम्पबाट क्षति भएको संरचनालाई रेट्रो फिटिङ गरेर अहिले प्रधानमन्त्री सोही कार्यालयमा सरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस