Nirvik Khabar

भारतीले तोडिन् अनशन ,पक्राउ परे रिगल

काठमाडौँ– चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई दिएको आममाफी सर्वोच्च अदालतले बदर गरेपछि चेतनकी पत्नी भारती मानन्धरले अनशन तोडेकी छन्। सरकारले रिगललाई कैद माफी दिएपछि न्याय माग्दै अनशन बसेकी भारतीले सर्वोच्चको आदेशसँगै जुस पिएर अनशन तोडेकी हुन्।

माइतीघरमा अनशनरत उनी सर्वोच्चबाट आदेश आउनु केहीबेर अघि सर्वोच्च पुगेकी थिइन्। सर्वोच्चको आदेशपछि आफूले न्याय पाएको भन्दै उनले सर्वोच्चलाई ढोगेकी छन्।

अनशनका कारण अस्वस्थ उनलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ। उनले वीर अस्पतालमै अनशन तोडेकी हुन्। संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको सजाय छुट गरेका थिए। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बिहीबार रिगलको कैद माफी बदर गरिदिएको हो।  रिगललाई कैद माफी दिइएपछि चेतनकी तत्कालीन पत्नी भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

नेपालगञ्जबाट पक्राउ परे रिगल

सर्वाेच्च अदालतले माफी दिने सरकारको निर्णय बदर गरेलगत्तै योगराज भनिने रिगल ढकाल पक्राउ परेका छन् ।बिहीबार सर्वाेच्च अदालतले उनको कैद माफी दिने सरकारको निर्णय बदर गर्दै तत्काल पक्राउ गर्न परमादेश दिएको थियो । उक्त निर्णय र आदेशलगत्तै उनी बाँकेबाट पक्राउ परेका हुन् ।

संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कैद माफी पाएपछि गत ४ भदौमा रिहा भएका उनी पुनः पक्राउ परेका हुन् ।बाँके नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका रिगल माफी पाएर रिहा भएपछि सरकारको चौतर्फी आलोचना भइरहेका बेला सर्वाेच्चले उनलाई माफी दिने सरकारको निर्णय बदर गरिदिएको हो ।

रिगललाई माफी दिने सरकारको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती शेर्पाले दायर गरेका रिटमा बिहीबार सुनुवाइ गर्दै कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपनाप्रधान मल्ल र कुमार चुडालको इजलासले सरकारको निर्णय बदर गर्दै रिगललाई तत्काल पक्राउ गर्न परमादेश दिएको छ । अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस