Nirvik Khabar

विद्रोह यातायात मजदूरको [फोटोफिचरसहित]

Advertisements
Single Page Long - 2

काठमाडौं । यातायात व्यवसायी तथा मजदूरहरुले राजधानीमा विद्रोह गरेका छन् । उनीहरुले ट्राफिक नियमको विरोध गर्दै मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गराउने घोषणा गरेका छन् ।

उनीहरुले सरकारले विगतमा गरेका सहमतिहरू पालना नगरेको भन्दै विरोधको रुपमा उनीहरूले यातायात नचलाउने घोषणा गरेको जनाएका छन् । आज सवारी चालकहरूले पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने सरकारी नियमविरुद्ध चालकहरुले सडकमा प्रदर्शन गरे । उनीहरूले नयाँ बसपार्क क्षेत्रमा सडकमा नै सवारीसाधन तेर्स्याएर सडक अवरुद्धसमेत गरेका थिए ।

त्यस्तै मजदूर कुटिएको विरोधमा आन्दोलित यातायात मजदूरले प्रहरीको भ्यान जलाएका छन् । बालाजु बाइपासमा आन्दोलरत व्यवसायीहरुले रोकिराखेको प्रहरीको भ्यानमा आगजनी गरेको हो ।

नयाँ बसपार्क सञ्चालनको ठेक्का लिएको लोत्से कम्पनीका प्रबन्ध सुनिल कुँवर लगायतकाले मजदूरमाथि हातपात गरेको भन्दै विरोधमा उत्रिएका थिए । यातायात मजदूरहरूले नयाँ बसपार्क, चक्रपथलगायतका क्षेत्रमा चक्काजाम गरेका छन् । आजै नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, नेपाल यातायात मजदूर संघ र अखिल नेपाल यातायात मजदूर संघले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस