Nirvik Khabar

सन्दीप लामिछानेलाई डिप्रेसनको समस्या,जेलभित्रै दिन थालियो मनोपरामर्श

Advertisements
Single Page Long - 2

काठमाडौं, पुस १८-

नाबालिगमाथि बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने डिप्रेसनको समस्या देखिएको छ। बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले सोमबार केन्द्रीय कारागारमा गएर लामिछानेलाई मनोपरामर्श दिएको लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए।

‘१५/२० दिनयता उहाँको बोली व्यवहारमा फरकपना महशुस गरेको थिएँ। त्यसैले बरिष्ठ मनोपरामर्शविदलाई लगेर केन्द्रीय कारागार गएँ। परामर्शपछि उहाँले सन्दीपको डिप्रेसन लेभल बढेको बताउनुभयो,’ उनले सेतोपाटीसँग भने,‘हामीले सोचेभन्दा पनि खराब स्थिति रहेछ। अब नियमित काउन्सिलिङ चाहिन्छ भन्ने उहाँको सल्लाह छ।’ लामिछानेमा नकारात्मक सोचाइ बढेको लगायतका समस्या देखिएको उनले बताए।

कारागारमा काउन्सिलिङका लागि छुट्टै कोठाको व्यवस्था नभएको पनि उनले बताए। त्यसले गर्दा प्रभावकारी काउन्सिलिङ दिन गाह्रो हुने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस