Skip to main content

Nirvik Khabar

रविले भने- विपत्तिमा परेकालाई होच्याउने अन्ध समर्थक मलाई चाहिँदैन

Advertisements
Single Page Long - 2

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिमा परेका नागरिकको मानमर्दन गर्नेलाई जोसुकै भए पनि कारबाहीको भागीदार हुने बताएका छन्। बुधबारको प्रतिनधिसभा बैठकमा लामिछानेले सामाजिक सञ्जालमार्फत पीडितलाई होच्याउनेमाथि कडा कारबाही गर्न आग्रह गरेका हुन्।

उनले त्यस्ता व्यक्ति आफ्नै पार्टीको भए पनि त्यसलाई समर्थन नगर्ने बताए। उनले आफूलाई अन्ध समर्थक नचाहिएको बताएका छन्। उनले आफ्नो पार्टीका सदस्य यस्ता गतिविधिमा लागेको पाए निस्कासन गर्ने प्रतिक्रिया दिए।

‘नागरिकको आक्रोश र चित्कारलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई छैन’, उनले भने, ‘यदि रास्वपाको कुनै पनि तहको सदस्य वा पदाधिकारीले विपद्‍मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्नेलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकालिनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस