Skip to main content

Nirvik Khabar

अनिल परियार हत्या मुद्दा फैसला : चार जनालाई जन्मकैद, एक जनालाई चार वर्ष र एक जनालाई सफाइ

Advertisements
Single Page Long - 2

भरतपुर –जिल्ला अदालत चितवनले कान भनेरसमेत चिनिने अनिल परियार हत्या घटनाको फैसला गरेको छ । जेठ ८ गते र जेठ १२ गते दुई फरक पेसीमा मुद्दाको टुंगो लागेको हो ।चार जनाको जन्मकैदको फैसला जेठ ८ गते नै भएको र एक जना आरोपितको हकमा चार वर्ष कैद फैसला १२ गते सोमबार भएको अदालतले जनाएको छ । न्यायधीश रमेशप्रसाद ज्ञवालीको इजलासबाट उक्त मुद्दाको फैसला भएको हो । यस घटनामा ६ जनाविरुद्ध मनशाय पूर्वक हत्या गरेको भनी जाहेरी परेको थियो ।

यस घटनाका चार अभियुक्तलाई जन्मकैद (२५ वर्ष) को सजाय भएको छ । जन्मकैद सजाय पाउनेमा विश्व भन्ने हेमन्त वास्तोला, अजय भन्ने अशोक भण्डारी, राहुल भनिने सुनिल राउत (मृतकका भाइ) र तिलक गैरे रहेका छन् ।

जन्मकैदका साथै उनीहरुबाट मृतकको परिवारलाई जनही एक लाखका दरले क्षतिपूर्ति भराउनेसमेत फैसला भएको चितवन अदालतका श्रेष्तेदार विष्णुप्रसाद आचार्यले बताए । यस घटनाका मतियार भनिएका विक्रम भन्ने रोहित सिलवाललाई चार वर्ष कैद र ४० हजार पीडित पक्षलाई क्षतिपूर्ति भराउने फैसला भएको छ । त्यस्तै अर्का आरोपी सुशान्त उप्रेतीले भने अभियोगबाट सफाइ पाएका छन् । ५२ औं पटकसम्म पेसी चढेको यस मुद्दा झण्डै तीन वर्षमा टुंगो लागेको हो ।

भरतपुर–१२ का अनिल परियार (कान)को हत्या ०७९ वैशाख २५ गते साँझ ७ बजेको समयमा भरतपुर–७ स्थित कृष्णपुर खेलकुद मैदान नजिक भएको थियो ।चितवन प्रहरीले यस घटनामा ६ जनालाई आरोपीत बनाइ कर्तव्य ज्यान मुद्दा चलाएको थियो । घटना भएको एक महिनापछि ०७९ जेठ २४ गते बास्तोला, सिलवाल र राउत पक्राउ परेका थिए । एक वर्ष पछि मात्र भण्डारी उप्रेती पक्राउ परेका थिए ।

बास्तोला काठमाडौंबाट पक्राउ परेका हुन् भने परियार र सिलवाल चितवनबाट पक्राउ परेका हुन् । परिवारले दिएको किटानी जाहेरीका आधारमा उनीहरु पक्राउ परेको प्रहरीको भनाइ छ । हत्या सम्बन्धमा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) चितवन आएको थियो । त्यस दिन रिजालचोकमा साथीहरुसँग वसेको अवस्थामा अनिललाई बाइकमा राखेर कृष्णपुर लगिएको थिए । एकातर्फ बोधो र एकातर्फ तिखो धार रहेको चक्कुले छातीदेखि पेटभागसम्म ३० पटक प्रहार गरिएको पोस्ट मार्टम रिर्पोटबाट खुलेको थियो । घटनास्थलमा दुईवटा गोलीका खोकासमेत भेटिएको प्रहरीले बताएको थियो । तर अनिलको हत्यामा गोली प्रयोग नभएको पोस्ट मार्टमका क्रममा पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस