Skip to main content

Nirvik Khabar

लिलाराजले यसरी गरेका थिए छोरी र भतिजको बिभत्स हत्या

Advertisements
Single Page Long - 2

घटना हो भरतपुर २५ किसान चोकको । मिति २०८२ जेठ २ गते शुक्रबार ,समय बिहान ठिक साढे ९ बजे तिर । शुक्रबार बिहान करिब ९ बजेतिर ५ वर्षका सजन गिरी आफ्नी आमासँग पैसा मागेर अगाडिको पसल पुग्छन् । साजनको घरैअगाडि वीरबहादुर विश्वकर्माको सानो किराना पसल छ । १ सय रूपैयाँ दिएर पठाएकी आमा विष्णुले ५० रुपैयाको जेजे आउछ दिनु भनेर पसेलेलाई भन्छिन् ।

सजनले दिदी प्रभा र आफूलाई १० रूपैयाँ पर्ने ४ वटा बिस्कुट किन्छन् र बाँकी १० रूपियाँको चक्लेट लिन्छन् । दौडदै पसलेले फिर्ता दिएको ५० रुपैया आमालाई लगेर दिन्छन् ।
यती गर्दा करिब ९ ः ५० बज्नै लागेको थियो । नजिकै मदरल्याण्ड स्कुल थियो । उनि सगैंका साथीभाई स्कुल जादै थिए त कोही पुगिसकेका । उनले ड्रेस लगाउछन् र बुबा नभएपछि काकाको घर तर्फ लाग्छन् । सजनका बुबा भने लीलाराजका छोराको छातीमा समस्या देखिएर बिहिबार बेलुका चितवन मेडिकल कलेज लगेपछी , बिहान भतिज र बुहारीलाई खाना पुर्‍याउन सीएमसी आएका थिए ।सधैं समयमै आफ्ना छोरा, छोरी र दाइको छोरालाई स्कुटरमा राखेर विद्यालय लैजाने लिलराज गिरी शुक्रबार भने घरबाट निस्किएका थिएनन्। लिलाराज घरमा छोरी प्रभासंगै थिए ।  सजन आएपछि घरै बसिरहेका ७७ बर्षका हजुरबुबा लाई लीलाराजले आफुलाई ‘तिमी ह्याँ नबस, झ्याउ लाग्यो मलाई भन्दै दाजुको घरतर्फ पठाएका थिए । लिलाराजका बुबाले भक्कानिदै सुनाउछ्।

काकाको घर स्कुल जान गएका सजन एक्कासी चिच्याएको सुनेपछी ,हुत्तिँदै आमा विष्णु देवरको घरतिर पुग्छिन । जादाजाँदै छोराको आवाज रोकियो । दिदी प्रभाको लागि हातमा बिस्कुट लिएर स्कुल ड्रेसमा काकाको घर गएका सजनले दिदीलाई बिस्कुट दिन पनि भ्याएनन् । बरु, विभत्स तरिकाले काकाले भतिज सजनको हत्या गरे । उनमा पागलपनको नशा जाग्यो र हासीखेली रहेका भतिज र छोरीको करिब २० मिनेटको अन्तरमा नै ईहलिला समाप्त गरे । घरमा सन्नाटा ल्याए । सुनसान बनाए । गाँउनै कोलाहाल , हल्लाखल्ला मच्चाए । स्कुलमा सजन र प्रभालाई पर्खिरहेका साथिहरुले कहिल्यै भेट्न नपाउने भए ।

घरको ढोका भित्रबाट बन्द थियो । अगाडिकै कोठा भएकोले छोरा ढलेको बाहिरबाटै देखियो । आमा पनि बाहिरै ढलिन् ।

छोराको आवाज बन्द हुँदा लीलाराजकी आफ्नै ७ वर्षीया छोरी  प्रभा चिच्याएको आवाज आइरहेको थियो । गाउँलेले हम्मरले हानेर भित्र कोठामा पस्दा भुइँतलाको कोठामा ५ वर्षका सजनको विभत्स हत्या भइसकेको थियो । त्यसपछि प्रभा खोज्दै माथिल्लो तल्लामा पुग्दा त्यहाँ पनि भित्रबाट चुक्कुल लगाइएको रहेछ । फेरि गाउँले मिलेर हम्मरले ढोका फुटाए । र भित्र पस्दा भित्स तरिकाले छोरी प्रभाको पनी हत्या गरिसकेका थिए । अवस्था हृदयविदारक हेर्नैै नसकिने अवस्थामा थियो । लीलाराजले आफ्नी छोरी प्रभाको पनि विभत्स रुपमा घाँटी रेटेर आफू पनि हँसियाले रेटिएर अचेत अवस्थामा थिए । तत प्रभा छोरी भने लिलाराजको काखमै थिइन् । कोठा रगताम्मे थियो ।

छोरा र भतिजका हत्या गर्ने लीलाराज निवृत्त सैनिक हुन् । उनी जमदार तहमा पुगेपछि निवृत्त भएका हुन् । तर, उमेर हदका कारण भने निवृत्त नभएको स्थानीयले बताए ।  लिलाराज डिप्रेसनका बिरामी रहेकोथिए । लिलाराज गिरी नेपाली सेनाका निवृत्त जमदार हुन्। सेनामा कार्यरत छँदा सवारी दुर्घटनामा घाइते भएका थिए । लिलाराजले अस्पतालको शैयाबाट एउटा नोट लेखेका छन् । उनले नोटमा भनेकाछन्,’श्रीमती र दाईको कारण मैले यो अन्तिम निर्णय लिए ‘।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस