Skip to main content

Nirvik Khabar

प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन

Advertisements
Single Page Long - 2
k|ltlglw;ef a}7s sf7df8f}F, !) kmfu'gM k|ltlglw;efsf] cfh a;]sf] a}7ssf] ljz]if ;dodf wf/0ff /fVb} /fli6«o :jtGq kf6L{-/f:jkf_sf ;efklt /lj nfld5fg] . tl:a/M k|bLk/fh jGt÷/f;;

कास्की– सहकारीको बचत रकम घोटलामा मुछिएका पूर्वउपप्रधान तथा गृह मन्त्री रवि लामिछानेबारेको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार पारिएकाले सम्भवतः तीनै मुद्दा एकै पटक जिल्ला अदालत कास्कीमा दर्ता हुनेछन् ।

नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षत्री नेतृत्वको सहकारी विशेष छानबिन समितिले लामिछानेलाई दोषी देखाएको थियो । समितिले सहकारी प्रकरणमा लामिछानेको संलग्नता देखिएको भन्दै प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेपछि उनी कात्तिक २ गते पक्राउ परेका थिए । कात्तिक ३ गतेदेखि उनी कास्की प्रहरीको हिरासतमा छन्।

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार सोमबार नै लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिएको छ ।सरकारी वकिल कार्यालय कास्कीले सम्भवतः सोमबार नै जिल्ला अदालतमा लामिछानेविरुद्धको फाइल लैजाने सम्भावना छ ।

कास्की प्रहरीका अनुसार लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण तथा किर्ते र संगठित अपराध कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस