Skip to main content

Nirvik Khabar

रविलाई म्याद थपका लागि कास्की अदालतमा लगियाे

Advertisements
Single Page Long - 2

पोखरा– सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई चौथो पटक म्याद थपका लागि जिल्ला अदालत कास्कीमा पेस गरिएको छ ।

सोही प्रकरणमा लामिछानेसहित छविलाल जोशी, लीला पछाई र रामप्रसाद खनाललाई पनि अदालतमा लगिएको छ । यसअघि थपिएको म्याद शुक्रबार सकिएकाले पुनः म्याद थपका लागि आज अदालतमा उपस्थित गराइएको हो ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति सुद्धीकरण प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्धनिर्देशक लामिछानेमाथि यसअघि तीनपटक म्याद थप भइसकेको छ ।

लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा अनुसन्धान गर्न सुरुमा कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि रूपन्देही, काठमाडौं र चितवनले पनि पक्राउ पुर्जी जारी गरेका छन् ।  लामिछानेलाई काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन कसूरमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस