भरतपुर – रोटरी क्लब अफ चितवन र स्पाउस क्लब अफ आरसी चितवनको तीज कार्यक्रम सम्पन्न भएको छ । नेपाली नारीहरुको चाड हरितालीका तीजको अबसरमा मंगलबार रोटरी करुणालय(बृद्धाआश्रम)मा तीज बिषेश कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा रोटरी क्लब अफ चितवनका अध्यक्ष भानु शर्मा प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । उहाँले नेपाली नारीहरुको तीज भड्कीलो बन्दै गएकोमा चिन्ता ब्यक्त गर्नुभयो । उहाँले पर्वहरुलाई पर्वकै महत्वका साथ राख्नुपर्ने भन्दै अहिले तीजको दरका नाममा महिना दिन अगाडी बाटै दर खाने परम्परा सुरुवात भएको हुँदा परम्परामा आँच पुगेको बताउनुभयो । उहाँले अनावश्यक खर्च गरेर तीज मनाउनु भन्दा दुखीहरुका लागी सहयोग गर्नु राम्रो हुनेमा जोड दिनुभयो ।
रोटरी करुणालय(बृद्धाआश्रम)मा रहेका ३५ जना तथा अन्य १५० जना भन्दा धेरैले दर खाई रमाइलो गरिएको थियो ।
कार्यक्रममा रोटरी करुणालय(बृद्धाआश्रम)का अध्यक्ष दिनेश चुकेले आश्रममा आएर कार्यक्रम गरेकोमा धन्यवाद दिदै , समाज सेवामा समेत पर्बहरुले साथ दिएको बताउदै तीजको महत्वका बिषयमा चर्चा गर्नुभएको थियो । कार्यक्रम स्पाउस क्लब अफ आरसी चितवनकी अध्यक्ष पार्वती बगाले सुवेदीको अध्यक्षता तथा अर्पना श्रेष्ठाको सहजिकरणमा समपन्न भएको हो ।

































Discussion about this post