Nirvik Khabar

भरतपुरमा रेनुको अग्रता कायमै, विजय सुवेदी ११ सय १९ मतले पछाडि

Advertisements
Single Page Long - 2

काठमाडौँ– चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले ११ सय १९ मतले अग्रता बढाएकी छिन्।पछिल्लो विवरण अनुसार रेनुले ९ हजार मत कटाएकी हुन्। बुधबार बिहानसम्म २५ हजार ३५८ मत गणना हुँदा रेनुले ९ हजार ११ मत ल्याएकी छन्।

यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रमुख पदका उम्मेदवार विजय सुवेदीले ७ हजार ८९२ मत ल्याएका छन्।गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रेनुले दोस्रो स्थानका एमालेका उम्मेदवार सुवेदीसँग ११ सय १९ मतले अग्रता लिएकी हुन्।

पछिल्लो विवरण अनुसार काँग्रेसका बागी उम्मेद्वार जगन्नाथ पौडेलले हालसम्म ४ हजार ११२ मत ल्याएका छन्। उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले १० हजार ७७४ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेकी राप्रपाकी हिमला गुरुङले ६ हजार ४५४ मत ल्याएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस