Nirvik Khabar

तुइनकै भरमा ओहोरदोहोर, ६४ बेपत्तामध्ये तीनको शव, ६१ को भेटिएन नामोनिशान

Advertisements
Single Page Long - 2

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकाका स्थानीयका लागि तुइनको प्रयोग अझै टुंगिएको छैन । व्याँस गाउँपालिका वडा नम्बर २ र ५ का स्थानीयहरु अझै तुइनमार्फत ओहोरदोहोर गर्छन् ।

भौगोलिक रुपमा विकट र झुलुङ्गे पुल नहुँदा उनीहरुले महाकाली वारपार गर्न तुइनको प्रयोग गर्दै आइरहेका हुन् ।व्याँस गाउँपालिकास्थित महाकाली नदीमा ५ झोलुंगे पुल निर्माण भए पनि तुइनको जोखिमपूर्ण आवतजावत हटेको छैन ।

अहिले व्याँस गाउँपालिका वडा नम्बर २ दुम्लिङ र बुदी क्षेत्रका स्थानीयले तुइनको प्रयोग गर्छन् । यस्तै वडा नम्बर ५ को स्याँकु र धौलाकोटका स्थानीय पनि तुइनमार्फत नै वारपार गर्छन् ।

दैनिक उपभोग्य वस्तुका लागि तुइनमार्फत नै भारतीय बजार धाउनुपर्छ । ‘हाम्रो बस्तीबाट झोलुङ्गे पुल निकै टाढा छ, पुल प्रयोग गर्न घण्टौँ हिड्नुपर्छ’, व्याँस गाउँपालिका–२ दुम्लिङका विरेन्द्र थियालले भने ।यस क्षेत्रमा झोलुङ्गे पुलका लागि सरकारसँग माग गरे पनि कुनै सुनुवाइ नभएको उनको दुःखेसो छ ।

यस्तै दशैँ तथा तिहारका लागि तुइनमार्फत नै दैनिक उपभोग्य समानको जोहो गरेको व्याँस गाउँपालिका–५ स्याकुका केशर सिंह धामीले बताए । ‘ज्यानको बाजी थापेर महाकाली माथिको तुइनमा झुन्डिनुपर्छ, दशैँ होस् कि तिहार । बजारसम्म पुग्न नेपालतर्फ सडक घाटो छैन, तुइन चढेर भारतीय बजार पुग्नुपर्छ ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ मै तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । तर दार्चुलामा अझै तुइन विस्थापन हुन सकेको छैन । जोखिमपूर्ण तुइनबाट आवातजावत गर्दा कयौँ मानिसले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय र व्याँस गाउँपालिका वडा नम्बर २ को कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो ६४ वर्षमा ६४ जनाले तुइनबाट खसेर ज्यान गुमाएका छन् ।यिनीहरुमध्ये तीन जनाको मात्रै शव भेटिएको छ । अन्य ६१ जना बेपत्ताको सूचिमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस