चितवन । भरतपुर महानगरपालिकाले दैनिक नियमित स्वच्छ बजार अनुगमनलाइ फरक र नयाँ ढंगबाट सुचारु गरेको छ । आम जनताका समस्याहरुलाइ शून्य स्तरमा पुग्ने गरि समाधान गर्ने हेतुले महानगरले दैनिक नियमित बजार अनुगमनलाइ फरक र नयाँ ढंगबाट सुचारु गरेको हो । नियमित सेवालाई प्रभाव नपार्ने, सुधार गर्दा हुने त्रुटीलाई सुधारको मौका दिने र सुधारको अवसर दिन नमिल्ने कामलाई तत्काल कानुनी कारवाही गर्ने गरि महानगरले नयाँ ढंग र नयाँ शैलीबाट बजार अनुगमन गरिरहेको छ ।
महानगरपालिकाले आज मगलबार पनि भरतपुर र नारायणगढका विभिन्न क्षेत्रमा अनुगमन गरेको छ । बिशेष गरि महानगरले आज दशै पर्बलाइ लक्ष्यित गर्दै नारायणगढ र भरतपुरका विभिन्न क्षेत्रहरुमा रहेका मासु,दूध तथा भेटेनरी पसलहरुमा अनुगमन गरेको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाले जानकारी दिनु भयो । मगलबार नारायणगढको लायन्सचोकमा रहेको चितवन मिट हाउस,लक्ष्मी मिट सप,राजकुमार मिटसप लगाएतका थुप्रै मासु पसलमा अनुगमन गरिएको छ ।
त्यस्तै बालकुमारी सब्जिमड्डिमा रहेका दर्जनौं माछा तथा मासु पसलहरुमा पनि महानगरले अनुगमन गरेको छ । अनुगमनमा केही माछा तथा मासु पसलहरुले मापदण्डअनुसार सरसफाइ नगरेको,दर्ता नविकरण नगरेको,सार्वजनिक फोहोर ब्यबस्थापन नगरेको पाइएको छ । त्यस्ता पसल तथा ब्यबसायीहरुलाइ सुधार गरेर सन्चालन गर्न र अबिलम्ब वडामा दर्ता तथा नविकरण गर्न समितिले निर्देशन समेत दिएको छ । चाडपर्वको मुखमा हामीले बिशेष गरि मासु र दुधलाइ बढी प्राथमिकतामा राखेर अनुगमन गरेका हौ सापकोटाले भन्नू भयो”यस बाहेकका अन्य क्षेत्रहरुको भने महानगरले पहिल्यै नै अनुगमन गरिसकेको छ ।
त्यसो त महानगरले चाडपर्वबाहेकका समयमा पनि बजार अनुगमन गर्दै आइरहेको छ भने ब्यबसायी र उपभोक्तालाई पनि सजग र सचेत गराउदै आइरहेको छ । ‘भरतपुर क्षेत्रमा धेरै मानिसका धेरै गुनासाहरु छन् । अनुगमन जाँदा नियमित सेवालाई प्रभाव नपार्ने, सुधार गर्दा हुने त्रुटीलाई सुधारको मौका दिने, सुधारको अवसर दिन नमिल्ने कामलाई तत्काल कानुनी कारवाही गर्ने गरि हामीले बजार अनुगमन गरिरहेका छौ महानगरको बजार अनुगमन समितिका सदस्य गोपाल दराइले भने” यी तीन फरक तरिकाबाट अनुगमन गर्दा आम जनताका गुनासाहरु तत्काल समाधान हुन्छन । उहाँका अनुसार ‘अहिले भइरहेका अनुगमनले मापदण्ड पालना गर्ने र नगर्ने को हुन्,भन्ने कुरा स्पष्ट रुपमा प्रष्ट पारेको छ ।
‘सबैले राम्रो वा सबैले नराम्रो गरेको छैनन । राम्रो गर्ने र नराम्रो गर्ने एउटै तराजुमा हुँदा नराम्रो गर्नेलाई फाइदा पुगेको छ । राम्रो गर्नेले प्रोत्साहित हुन पाएनन् । अब राम्रो सुलभ र सहज सेवालाई प्रोत्साहित गर्नुपर्छ । गलत गर्नेलाई कानुनी कारवाहीमा ल्याउनु पर्छ । गलत गर्ने छुट कसैलाई पनि छैन ।’ दराइले भन्नुभयो । यसरी गरिने अनुगमनहरु नियमित र आकस्मिक हुनेछन् । समितिका अर्का सदस्य बिष्णु बहादुर भुजेल महानगरको बजार अनुगमनले उपभोक्ता र ब्यबसायी दुबैलाइ सुध्रिने मौका दिएको तर्क राख्नुहुन्छ ।
महानगरले अघिल्लो बर्ष देखि नै बजार अनुगमनलाइ नयाँ ढंग र नयाँ शैलिमा गर्ने गरेकै कारण उपभोक्ताहरुको गुनासो आउने क्रममा कमि आएको छ । अहिले महानगरको उजुरी पेटिकामा पहिलेको तुलनामा निकै कम उजुरी पर्ने गरेका छन् भुजेलले भन्नुभयो, यो महानगरको लागी फलदायी पक्ष हो । भरतपुर महानगरका पशु चिकित्सक डाक्टर दिपेश केसि उपभोक्ता र ब्यबसायी दुबै सजग र चनाखो रहन आबश्यक रहेको बताउनुहुन्छ ।
चाडपर्वको समयमा हुनसक्ने बिषादी खाना अर्थात फुड पोइजनलाई ध्यानमा राख्दै सबैले सावधानीपुर्बक स्वच्छ मासु,दूध तथा मासु र दुधबाट बन्ने सम्पुर्ण परिकारहरुमा बिशेष ध्यान पुर्याएर खान आग्रह पनि गर्नुभयो । उपभोक्ता सरक्षण ऐन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ ।
Discussion about this post