Nirvik Khabar

पितृ विसर्जनको दिनमा राशिफल

received_2129529764081875

आजको पञ्चाङ्ग

मिति २०८० असोज २७ गते शनिबार, इस्वीसंवत अक्टोबर १४ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आश्विनकृष्ण (पितृ) पक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनकृष्ण (पितृ) पक्ष को अमावश्य अर्थात औंशी तिथि रातिमा १०ः५३ बजेसम्म त्यसपछि प्रतिपदा तिथि लाग्नेछ । नक्षत्रमा हस्ता दिनमा ५ः०७ बजेसम्म त्यसपछि चित्रा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा ऐन्द्र १५ घटि १९ पलासम्म त्यसपछि वैधृति योग लाग्नेछ । करणमा चतुष्पद अहोरात्र रहनेछ । आनन्दादि योगमा मृत्यु रहनेछ ।

सूर्य कन्या राशिमा, चन्द्रमा कन्या राशिमा अहोरात्र रहनेछ । आज दिनमान २८ घटि ४८ पला अर्थात ११ घण्टा ३४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः०३ बजे यम मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझ ठीक ५ः३५ बजे हुनेछ । यस्तै, चन्द्रउदय दिनमा ४ः३४ बजे हुनेछ भने चन्द्रअस्त भोलि दिनमा ४ः५७ बजे हुनेछ । आज पितृ विसर्जनको दिन परेको छ ।

आजको राशिफल

मेष : मेष राशि भएकाहरूका आज समय शुभ छ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। माया प्रेमको लागि रमाइलो छ । पराक्रम र उत्साह बढ्नेछ । अधिकारका लागि भने केही संघर्ष वा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । स्वास्थ्यका लागि पनि खानपानमा सचेत रहनुपर्ने बेला छ । व्यापारबाट प्रशस्तै फाइदा उठाउन सकिनेछ । सामाजिक एवं आर्थिक उन्नति पनि हुने देखिन्छ ।

वृष : वृष राशि भएकाहरूका लागि आज पनि समय खराब छ । समयमा काम पूरा नहुनाले अवसर गुमाउनुपर्ला । दिन मनोरञ्जनपूर्ण भएपनि । अप्रिय समाचारले मनमा खिन्नता बढ्न सक्छ । आजको दिनमा पनि सामाजिक दायित्व थपिने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । मिथ्या भ्रमणमा समय बित्न सक्छ । अरूका काममा पनि समय व्यतीत हुनेछ । व्यापार व्यवसाय मध्यम रहेको छ । महत्वाकांक्षी योजना गोप्य राख्नुमै बुद्धिमानी होला ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । दुविधा बढ्नाले सही निर्णय लिन नसकिएला । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । प्रतिस्पर्धी परास्त होलान् । निर्णायक क्षमतामा कमी आउला । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ ।

कर्कट : कर्कट राशिका लागि आज पनि समय शुभ रहनेछ । तपाईंको व्यक्तित्वप्रति आकर्षण बढ्नेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ । प्रतिस्पर्धी परास्त होलान् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । अस्वस्थताका बाबजुद कामको दायित्व पनि बढ्नेछ । समय मध्यम खालको छ । व्यावसायिक यात्रा सम्भावना छ । ठूलाबडाले सहयोग गर्नेछन् ।

सिंह : सिंह राशि भएकाहरुका लागि आज पनि समय खराब रहेको छ । निर्णायक क्षमतामा कमी आउला । व्यावसायिक काममा खर्च बढ्नेछ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । अस्वस्थताका बाबजुद कामको दायित्व पनि बढ्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । माया प्रेमको लागि रमाइलो छ । सोच्नु भएको काम सम्पन्न हुने खालको दिन रहेको देखिन्छ । समयमा काम पूरा नहुनाले अवसर गुमाउनुपर्ला ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज समय शुभ छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आर्थिक लाभ हुने नयाँ कामको थालनी हुनेछ । तपाईको लागि एकदम राम्रो समय रहेको देखिन्छ । विभिन्न नयाँ नयाँ ठाउँको भ्रमण हुने योग रहेको छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।

तुला : तुला राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । सोचेको समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । प्रेमको बन्धन कस्सिने बेला छ । आलोचनाको सिकार भइएला । निर्णय गलत ठाउँमा पर्नाले फाइदा अरूलाई हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । व्यापार व्यवसायमा समेत कम मात्र फाइदा हुनेछ । हातमा आएको प्रतिफल गुम्न सक्छ । सचेत हुनहोला ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । आज स्वास्थ्य पनि सवल रहनेछ । अध्ययन तथा अध्यापनमा ध्यान जाने हुँदा अरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । आत्मीय मित्र तथा आफन्तको साथ पाईने हुँदा काम गर्न जागर बढ्नेछ । धर्म कर्ममा ध्यान जानेछ भने धार्मिक अनुष्ठान तथा मन्दिरको यात्रा हुनेछ । सानो प्रयत्नले कामहरु सफल हुँदा मन खुशि हुनेछ । व्यावसायमा लगानी बढाएर भनेजस्तो नाफा कमाउँन सकिनेछ ।

धनु : धनु राशिका लागि आज पनि समय मध्यम छ । स्वास्थ्यमा सुधार होला । यात्राको लागि पनि एकदम राम्रो समय रहेको देखिन्छ । तपाईका लागि एकदम राम्रो समय रहेको देखिन्छ । काममा उत्साह थपिनेछ । रचनात्मक काम शुरु गर्ने मौका छ । प्रेम, रतिराग तथा पारिवारिक स्थितिमा सुधार आउने छ । फाइदाका लागि प्रतिस्पर्धा भने गर्नुपर्नेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।

मकर : मकर राशि भएकाहरूका लागि आज पनि समय राम्रो रहने छैन । निर्णायक क्षमतामा कमी आउला । माया प्रेमको लागि रमाइलो छ । विगतका समस्या बल्झिन सक्छन् । उठ्न बाकी धन उठ्न कठिन रहेको देखिन्छ । उपचारमा खर्च हुने योग छ । नराम्रो काम तिर भने मन जाने देखिन्न । मान–सम्मानमा आघात पर्ने देखिन्छ । सानातिना कामको झमेला आउन सक्छ । नतिजा थोरै मात्र तपाईको साथमा हुनेछ ।

कुम्भ : कुम्भ राशिका लागि पनि आज पनि दिन तथा समय खराब छ । आज यात्रा, लेनदेन गर्दा ज्यादा घाटा पर्नेछ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । कुनै दलालले पैसा ठगिदिने, छातीमा खराबी, रोग बाधाको बलियो सम्भावना रहेको छ । समय अत्यन्तै खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।

मीन : मीन राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । आर्थिक व्यय भए पनि वातावरण राम्रो बन्नेछ । समय मध्यम खालको छ । विगतका समस्या बल्झिन सक्छन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । माया प्रेमको लागि रमाइलो छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । ठूलाबडाले सहयोग गर्नेछन् । सोच्नु भएको काम सम्पन्न हुने खालको दिन रहेको देखिन्छ ।

साइत : सूर्य कन्या राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व दिशाको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला

बिहान ०६ः०१ बजेदेखि    ७ः२८ बजेसम्म    काल बेला
बिहान ७ः२८ बजेदेखि    ८ः५५ बजेसम्म    शुभ बेला
बिहान ८ः५५ बजेदेखि    १०ः२३ बजेसम्म    रोग बेला
बिहान १०ः२३ बजेदेखि    ११ः५० बजेसम्म    उद्धेग बेला
दिनमा ११ः५० बजेदेखि    १ः१७ बजेसम्म    चर बेला
दिनमा १ः१७ बजेदेखि    २ः४५ बजेसम्म    लाभ बेला
दिनमा २ः४५ बजेदेखि    ४ः१२ बजेसम्म    अमृत बेला
दिनमा ४ः१२ बजेदेखि    ५ः३९ बजेसम्म    काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Blue-Modern-College-Admission-Instagram-Post
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस