सुर्खेत, असोज १२-
सुर्खेतमा होस्टेलमा बस्ने बालक मृत फेला परेका छन्। वीरेन्द्रनगरमा रहेको उषा बालवाटिका विद्यालयको होस्टलमा बस्ने ८ वर्षीया बालक मृत फेला परेका हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार चामुण्डा विन्द्रासैनी नगरपालिका–२ घर भएका सलाम पुलामी हिजो (शुक्रबार) बेलुका बेडमा झुण्डिएको अवस्थामा फेला परेका थिए।
‘सानो उमेरका बालक झुण्डिएको अवस्थामा भेटिएकाले घटना संवेदनशील नै देखिएको छ, अनुसन्धानको प्रक्रिया सुरू भएको छ,’ कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले भने। त्यस्तै २ कक्षामा पढ्ने बालक मृत फेला परेपछि आफन्तले घटना शंकास्पद भएको भन्दै होस्टेल बाहिर तोडफोड गरेका हुन् ।
Discussion about this post