Nirvik Khabar

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ – बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बागलुङको बरेङ गाउँपालिका वडा नं १ घर भई काठमाडौंको बसन्तनगर बस्दै आएका ५४ वर्षीय भिमनाथ उपाध्याय रहेका छन् । उच्च अदालत पाटनले उनीविरुद्ध तीन दिन कैद र सात लाख ७७ हजार ८९० रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

९ दिन बढी थुनामा बसी फरार रहेका उनलाई काठमाडौँको माछापोखरी क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस