भरतपुर-पछिल्लो समय एन्टिवायोटिकको प्रयोग अत्याधिक मात्रामा बढ्दै गएको छ। धेरैजसो विरामीहरु छिटो निको हुने मनसायले एन्टिवायोटिकको प्रयोग गर्ने पाइएको चिकित्सकहरुको बुझाइ रहेको छ। कतै एन्टिबायोटिकको गुणस्तर नभएर त कतै धेरे प्रयोग हुँदा एन्टिमाइक्रोबिएल रेसिसटेन्स् (एएमआर) बढ्दै गएको डा. सन्ताेष दुलाल ले बताए।
भरतपुरमा आयाेजित एन्टिमाइक्रोबिएल सम्बन्धि अभिमुखिकरण कार्यक्रममा उनले एन्टिवायोटिकको गलत प्रयोग भइरहेको भन्दै चिकित्सकहरुले प्रिस्क्राइब नगरे पनि बिरामी आफैले किनेर जथाभावी रुपमा एन्टिबायोटिकको प्रयोग गर्ने गरेको बताए। उनले धेरै मानिसहरुको मनसपटलमा एन्टिवायोटिक खायो भने म चाडै निको हुन्छु भन्ने मानसिकताले डेरा जमाएकोले एन्टिवायोटिक प्रयोग गरे पश्चात जुनसुकै रोग पनि झट्ट निको हुन्छ भन्ने मानसिकता रहेको जसले एन्टिमाइक्रोबिएल रेसिसटेन्स् (एएमआर) बढ्दै गएको बताए। डा. दुलालका अनुसार रुघा लागेको ७ दिनमा आफै निको हुने गर्दछ तर मानिसहरुले रुघा लाग्ने बित्तिकै अत्तालिएर एन्टिबायोटिक खाने गर्दछन् जुन स्वास्थ्यका लाथि अत्यन्तै हानिकारक हुन्छ। उपचारका लागि अस्पताल पुगेका बिरामीलाई चिकित्सकहरुले एक पटकमा एक भन्दा धेरै एन्टिबायोटिक प्रयोग गर्न लगाउन गरेको पाइएको छ। तर विज्ञहरुमा अनुसार एकै पटकमा एक भन्दा बढी एन्टिबायोटिकको प्रयोग गर्न मिल्दैन। चिकित्सकले आफूले नाम कमाउने आडमा एकै पटकमा धेरै एन्टिवायोटिकको प्रयोग गर्न लगाउन गरेको आरोप समेत उनले लगाएका छन्।
कुखुरा पालन, माछा पालनमा समेत एन्टिबायोटिकको व्यापक प्रयोग भइरहेको उनले बताए। माछा वा कुखुराको उत्पादन छिटो होस भन्ने हेतुले कृषकहरुले उनीहरुलाई खुवाउने दानामा समेत एन्टिवायोटिकको प्रयोग गर्ने गरेको र हामीले आफैले एन्टिबायोटिक नखाएता पनि यस्ता माछा, मासु राम्रोसँग नपकाएर खाँदा एन्टिबायोटिक खाइरहेकाे बताउदै उनले एन्टिबायोटिक प्रयोग गरिएका माछा तथा कुखुराले दिशा हाम्रै वरपर गर्ने गर्छन, जसले गर्दा माटो तथा पानीहरु प्रदूषित हुने हुँदा यसले मानिसहरुमा एएमआर हुने गरेको समेत उल्लेख गर्नुभएको छ। यसको रोकथामका लागि सरसफाइमा ध्यान दिने दिनु पर्ने र एन्टिबायोटिकको प्रयोग सीमित रुपमा गर्नु पर्ने, तर यसको प्रयोग गर्न सुरु गरेको खण्डमा पूर्णरुपमा प्रयोग गर्नुपर्ने उनकाे भनाइ छ।
Discussion about this post