नेपालगन्ज । कोरोना लकडाउनपछि लामो समय बन्द भएको काठमाडौंको अँध्यारो कोठालेअर्जुन अधिकारीलाई पर्खिरहेको थियो। एकदिन उनी त्यही कोठामा छिरे। बत्तीको स्विच अन गरे। मधुरो बत्तीले कोठामा भएका किताबका लहर र बाजाहरू देखिए।
तिनै किताब र बाजाले घेरिएर बसे उनी। अनि लेख्न थाले पर्खाइमा रहेका मान्छेहरूको भाव पोख्ने गीत। लेखन पूरा नभएसम्म कोठाबाट बाहिरै निस्किएनन्। गीत सकिएपछि बजारमा निकाल्ने तरखरमा लागे।
मलीन अनुहार, कोठे सर्टमाथि ज्याकेट लगाएर अग्लो माइकमा गीत गाउने उनै अर्जुन अधिकारी हुन्। आफूले लेखेको गीत आफैं गाएका र भिडिओमा समेत आफैं देखिएर यो गीतमा भिजेका छन् उनी। ुतीन दिन लगाएर यो गीत तयार पारेको थिएँ, अर्जुन अधिकारी भने।
उनको दिमागमा यो गीतको बीउ भने आफ्नो घर झापाको गौरादहमा हुँदै रोपिएको थियो। लकडाउन भएपछि उनी आफ्नो घरगाउँ झापा गएका थिए। त्यसबीच उनले धेरै व्यक्तिको अवस्था नियाले।
अर्जुन अधिकारीले आफ्ना धेरै गीत यही कोठामा बसेर लेखेका हुन्। यो कोठा कुमालेको चक्रझैं हो, उनको सिर्जनालाई आकार दिन्छ। दिमाग शून्य भएको छ भने पनि उनी त्यही मधुरो प्रकाश भएको कोठामा बस्न रूचाउँछन्। गितार काखमा राखेर हातका औंला चलाउँछन्।
त्यसरी त्यहाँ बसेपछि केही न केही सिर्जना भइहाल्छ, उनले हाँस्दै भने, मेरा धेरै गीत यही कोठाबाट बजारसम्म पुगेका हुन्।नआउने काममा पनि अघि सर्दै सिपालु बन्नु अर्जुन अधिकारीको खुबी हो। गायन अनुभव भएकाले नाटकमा पार्श्वसंगीत दिन थाले। नाटकमा रमाउन थालेपछि उनले दोहोरीमा गाउन छाडे।
रेडियो र नाटकको कामले मात्र उनको गर्जो सहज भएन। तैपनि नाटक छाड्ने मनस्थितिमा थिएनन्। रंगमञ्चमा भिज्दै गएपछि रेडिओको काम छाडे। नाटकघरमै बस्नेखाने गर्न थाले।
Discussion about this post