Nirvik Khabar

सर्पले डसेर सल्यानमा एक बालिकाको मृत्यु

काठमाडौं- विषालु सर्पले डसेर सल्यानमा एक बालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार सर्पको टोकाइबाट चार वर्षीय बालिकाको मृत्यु भएको हो ।

बन्गाड कुपिण्डे नगरपालिका-३ खेतगारा औलबेसी निवासी कन्जरा विककी छोरी सृष्टि विकको मृत्यु भएको हो । घर नजिकै आमासँग हिँडिरहेको बेला बालिकालाई मंगलबार बेलुकी ६ बजेतिर सर्पले डसेको र घरेलु उपचारकै क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लामा सर्पले डसेको उपचार सम्भव नभएको र बाहिर जानुपर्ने बाध्यताका कारण उनको अकालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस