काठमाडौं । सप्तरीमा माइक्रो बस दुर्घटना भएको छ । गुडिरहेको माइक्रो बस टायर पड्किएर सोमबार दुर्घटना भएको हो ।दुर्घटनामा परी एक जनाकाे मृत्यु भएकाे तथा १३ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
पुर्ब पश्चिम राजमार्ग अन्तर्गत अग्निसार कृष्णासवरण गाउँपालिका ६ मा पश्चिमबाट पुर्बतर्फ जादै गरेकाे बा ५ ख २३१० नम्बरकाे माइक्राे बसकाे पछाडिकाे टायर पड्किएपछि अनियन्त्रित भएर पल्टिएकाे प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा कन्काइ नगरपालिका ८ बस्ने ५२ बर्षीया अमृता अाेली रहेकाे सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधबप्रसाद काफ्लेले जानकारी दिए।

Discussion about this post